×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राष्ट्र बैंकका कर्मचारीको भत्ता बढ्दै : हेर्नुस्, कसको कति बढ्दैछ ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

राष्ट्र बैंकका कर्मचारीको भत्ता बढ्दै : हेर्नुस्, कसको कति बढ्दैछ ?

Artha Sarokar

२९ असार २०७३, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

नेपाल राष्ट्र बैंकमा काम गर्नेहरुका लागि खुसीको खबर छ । बैंकले सञ्चालक समितिको बैठक भत्ता ५० प्रतिशत वृद्धि गरेको छ । साउन १ देखि लागू हुनेगरी यस्तो वृद्धी गरिएको हो ।  बैंकले प्रतिबैठक भत्ता ५ हजारबाट बढाएर ७ हजार ५ सय पुर्याउने प्रस्ताव गरेको हो । सञ्चालक समितिले पारित गरेपछि यो व्यवस्था लागु हुने बताइएको छ ।  
अधिकृतदेखि पियनसम्मको तलव बढ्ने : 
नेपाल राष्ट्र बैंकमा अव अधिकृतदेखि पियनसम्मको तलव बढ्ने भएको छ।  राष्ट्र बैंकमा गभर्नरसहित २ डेपुटी गभर्नर, अर्थसचिव र अन्य ३ गरी ८ सञ्चालक रहने व्यवस्था छ । यसैगरी व्यवस्थापन समिति बैठकमा अधिकृतदेखि पियनस्तरका चालकबाहेक ९ जना, उपसमिति बैठकमा ५ जना र सञ्चालक समिति बैठकमा ८ जनाको सहभागिता हुने उल्लेख छ । 
कसको कति बढ्ने भो त भत्ता  ?
अर्थ सरोकार डटकमलाइ प्राप्त जानकारी अनुसार सञ्चालकहरूलाई हाल दिइँदै आएको मासिक ८० लिटर पेट्रोलको सुविधा बढाएर १ सय लिटर पुर्याउन सिफारिस गरिएको छ । डेपुटी गभर्नर अध्यक्षरसंयोजक भई बनेका उपसमिति संयोजक तथा सदस्यहरूको बैठक भत्ता २ हजारबाट ३ हजार ५ सय तथा कार्यकारी निर्देशक अध्यक्षर संयोजक भई बनेका समिति, उपसमितिको अध्यक्ष, संयोजक तथा सदस्यहरूको बैठक भत्ता १ हजार ५ सयबाट वृद्धि गरी २ हजार ५ सय पुर्याउने तयारी भएको छ । निर्देशक अध्यक्ष तथा संयोजक भई बनेका समिति तथा उपसमितिका संयोजक तथा सदस्यहरूको बैठक भत्ता १ हजारबाट वृद्धि गरी १ हजार ५ सय पुर्याउन लागिएको नेपाल राष्ट्र बैंक स्रोतले बताएको छ । 
यसैगरी सञ्चालक, डेपुटी गभर्नर, कार्यकारी निर्देशक तथा निर्देशक संयोजक भई भत्ता दिने गरी बनेका सबै समिति र उपसमितिको सचिवायलयका कर्मचारीलाई दिने खाजा खर्चको रकम पनि ५० प्रतिशतभन्दा बढीले बढाइएको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी