×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राष्ट्र बैंकभित्रै एमाले गुटको मारामार !

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

राष्ट्र बैंकभित्रै एमाले गुटको मारामार !

१६ श्रावण २०७३, आईतवार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

काठमाडौँ – मुलुकको केन्द्रीय बैंकभित्र व्यवस्थापकीय अराजकता मौलाउंदा कर्मचारीहरुबिच अति राजनीति हावी हुन थालेको छ । यसअघि पाटी- पार्टीका कर्मचारी संगठनबीच टकराव हुने गरेको भए पनि केही वर्षयता पार्टीहरुभित्रको गुटबीचको प्रतिस्पर्धा र विवादले नियमित काममै बाधा पुग्न थालेको छ । 
गतबर्ष कांग्रेस निकट कर्मचारी संगठनबीच विवाद देखिएको थियो । देउवा समूह र कोइराला समूहबीचको विवादले उत्कर्ष रुप लिँदा  गभर्नरसमेत मुछिन पुगे । अहिले एमाले कर्मचारीको विवाद त्यस्तै भएको छ ।
एमाले समर्थित ‘नेपाल राष्ट्र बैंक कर्मचारी संघको हालै सम्पन्न बालवाटार शाखाका  सातौं महाधिबेसनमा महाधिवेशन प्रतिनिधिको निर्वाचन अबैधानिक भएको भन्दै असन्तुष्ट ओली पक्षका  कर्मचारीहरु श्रम कार्यालयमा उजुरी दिन गएका छन् ।
संघको विधान २०५१ छैठौं संसोधन २०७० को परिच्छेद ३ दफा ९ र सोही दफाको ‘क’ ३ बमोजिम बालवाटार शाखा अधिबेसनबाट  १५ जना महाधिवेसन प्रतिनिधि छनौट हुनुपर्नेमा वैधानिक तवरले सम्पन्न नभई १२ जना प्रतिनिधिको मात्र चुनाव भएको थियो । विधानको धारा ४१ ‘क’ बमोजिम केवल महाधिवेशन तथा  केन्द्रीय परिषद्लेमात्र विधान संसोधन गर्न सक्नेमा जबरजस्त ढगंबाट विधानमा हुंदै नभएको समावेशी प्रतिनिधिको निर्विरोध चयन गरिनु नै विवादको जड हो । राष्ट्र बैंक कर्मचारी संघमा विगत २० वर्षदेखि लगातार केंद्रीय नेतृत्वमा रहेका  वसन्तराज पाण्डेको दवदबा छ । उनी पुन: अध्यक्ष बन्ने दाउमा रहेकाले आफ्नो जागीर जोगाउन ३० बर्षे  अवधि हटाउन  लबिङ गरिरहेका छन् ।
पार्टीमा माधव नेपाल पक्षधर देखिएका नुवाकोटे पाण्डे यसअघि युवराज खतिवडा गभर्नर हुँदा छायाँ गभर्नरको रुपमा चिनिन्थे । उनले आफू पुन: अध्यक्ष हनका लागि आफ्ना नजिकका व्यक्ति महाधिबेसनमा लैजान स्रोत–साधनको दुरुपयोग अति नै गरे । उनले सचिव गोविन्दप्रसाद भण्डारीलाई निर्वाचन मण्डलको संयोजक बनाई एकपक्षीयढंगले चुनाव गराएको भन्दै उजुरी परेको छ । 
डा. चिरञ्जीवी नेपाल गर्भनर भएपछि कुनै न कुनै बहानामा केन्द्रीय बैंकलाई अस्थिर बनाईराख्न लगातार दवाबमुलक कार्यक्रम गर्दै रहेका पाण्डेले छन्, त्यसअघिको ५ वर्ष कुनै पनि आन्दोलनका कार्यक्रम गरेनन् ।
एमाले समर्थक कर्मचारीले अधिवेशनको उदघाटनमा डेप्युटी गभर्नर चिन्तामणि शिवाकोटीलाई  प्रमुख अतिथी बनाएको थियो । तर आश्चर्यको कुरा आफ्नाविरोधीले गाली गर्लान् भनेर उनले त्यसको जवाफ दिनको लागि प्रमुख अतिथिको पछाडी र सभापतिकोभन्दा अगाडि आफ्नो बोल्ने पालो राख्न लगाए । यस्तो रमिता देखेपछि डेपुटी गभर्नर शिवाकोटी पनि आफ्नो मन्तव्य सक्काए लगत्तै हिँडेका थिए ।
एमाले युनियनको सो अधिबेशनमा ओली र नेपाल समुहबिच ठुलै लफडा भएको थियो । खुलेर कुनै पनि समुहमा नलागेका अरुण आचार्य, केशव रिमाल, यामलाल सुवेदी, कृष्ण गौतम,  रमेश कटुवाल र खगेश्वर भण्डारी बिजयी भए । त्यस्तै नेपाल समूहको लिष्टमा परेका भरतदेव पाण्डे, सानुकाजी महर्जन, सरोज दाहाल, रामनाथ पण्डित र इमबहादुर क्षेत्री पनि प्रतिनिधि चुनाव जिते । उता समावेशी कोटा भन्दै रुकु गुरुङ र कृष्णबहादुर श्रेष्ठलाई निर्विरोध विजयी भएको घोषणा गरियो । यस्तै, केन्द्रीय समितिका पूर्वउपाध्यक्ष पुष्पराज आचार्य, पूर्व सचिवद्वय छविलाल शर्मा पौडेल र शिवप्रसाद घिमिरे, पूर्वकेन्द्रीय सदस्य दीपक पोखरेल, चालक समूहका एकमात्र प्रतिनिधि गापीके ष्ण भण्डारी र स्वतन्त्ररुपमा उमेदवारी  दिएका  प्रेमप्रसाद आचार्यलाई हराइयो । उनीहरुले जितेमा महाधिवेशनमा केन्द्रीय नेतृत्वमा दावी गर्ने डरले पाण्डले षड्यन्त्र गरी प्रतिनिधिमा नै हराएको आरोप उनीहरुको छ ।
महाधिवेशन प्रतिनिधिका प्रत्यासी पुष्पराज आचार्यले नेपाल राष्ट्र बैंक कर्मचारी संघलाई बसन्त पाण्डे एण्ड कम्पनी प्रा.लि.को हैसीयतले संचालन गर्न खोजेको आरोप लगाएका छन् । उक्त अधिवेशनबाट ओली पक्षीय डा. महेशकुमार चौलागाईको नेतृत्वमा सर्वसम्मतरुपमा ११ सदस्यीय बालुवाटार शाखा समितिको चयन भएको
थियो । तर, प्रतिनिधीमा भने चुनाव र विवाद भएको थियो ।
  • प्रस्तुती : शेयर बजार साप्ताहिक 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: