Skip to content
LAXMI SUNRISE BANK

बन्चरोको कथा भन्दा माधव र झलनाथले किन हेरे ओलीलाई

अर्थ सरोकार

काठमाडौँ – नौ महिना पुग्दा नपुग्दै सरकारबाट बर्खास्त हुनुपरेपछि केपी ओलीको एउटा भनाइ यतिखेर बजारमा चर्को चर्चामा छ । उनले रुख काट्ने बन्चरो भएपनि बिड त काठकै हुन्छ । समाउने पनि काठ, काट्ने पनि काठ भन्दै उनले कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको स्मृति दिवसको दिन सार्वजनिक भाषण गरेका थिए ।kp oli
उनले त्यसको पुनरावृति व्यवस्थापिका संसद्मा प्रधानमन्त्रीको रुपमा अन्तिम सम्बोधन गर्दा समेत दोहो¥याएका थिए । फामले फलाम काट्छ भन्ने त नेपाली समाजमा उखानको रुमपा प्रचलित थियो, यो काठले काठ काट्छ भन्ने उखान नयाँ आयो कि पूरानै हो भन्ने बारेमा भाषाशास्त्रीहरु समेत अचम्ममा परिरहेको बेला ओलीले कसलाई कुन उद्देश्य र कुन लक्ष्यका साथ उक्त कुरा भनेका होलान् भन्नेमा खोज्दै जाँदा नयाँ तथ्य फेला परेको छ ।
ओली एमालेको अध्यक्षमा निर्वाचित भएपछि कुनै पनि निर्णय संस्थागत नभएको, एकलौटी रुपमा पार्टी चलाएको, गुट छैन, हटाउँछु भन्दै सार्वजनिक भाषण गरेपनि गुटबन्दी चरम गरेको, संस्थागत गरेको भन्दै पार्टीभित्र चर्को आलोचना हुँदै आएको थियो । पार्टीका वरिष्ठ नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतमसँग सामान्य सल्लाहसमेत नगर्ने, इश्वर पोखरेल, शंकर पोखरेल,प्रदीप ज्ञवाली, अग्नि खरेल र पछिल्लो पटक सुवास नेम्वाङसँग मात्रै सल्लाह गर्ने प्रवृत्ति मौलाएको एमालेका इमान्दार कार्यकर्ताले बताउँदै आएका थिए ।
उनले पनि मौका पाइहाले र ओलीको उछितो काढ्ने मसला पाइहाले । माधव नेपाल त युवा परिषद् गठनमा ओली गुटको ज्यादतीको चर्को शिकार भएका थिए । ओलीले पार्टीभित्र कसैको पनि चित्त बुझाउन सकेका रैनछन् भन्ने सहतमा मात्रै देखिएन । अन्ततः त्यसले एमाले भित्रको समिकरणलाई समेत नयाँ दिशामा पु¥याइदिएको छ भने माओवादी केन्द्रले त सरकार नै परित्याग गरेर नयाँ गठबन्न नै सुरु गर्नुप¥यो । ओली अरुका कुरा सुन्दैनन् पार्टीभित्र संस्थागत निर्णय गर्दैनन्, पार्टीलाई जमिन्दारी शैलीमा चलाउँछन् ।
एमाले नेताहरुले पनि ओलीले भाषा मात्रै बिगारेका होइन , पार्टी नै बिगारे, ओलीको सति जान सकिदैन भन्दै धारणा सार्वजनिक गर्दै आएका थिए । ओलीले पछिल्लो दिनमा त्यही भाषा बिगार्ने श्रृखंलाअन्तर्गत नै काठले काठ काटेको भन्दै आफ्नै पार्टीका नेता एवम् सरकारमा सहयात्री दलको समेत विरोध गरेका हुन् । हुन त बन्चरो फलामको भएपनि समाउने र काटिने त आखिर दुवै काठ नै हो । तर उनले विशेष गरी आफ्नै पार्टी भित्रका माधव नेपाल, झलनाथ खनाल र वामदेव गौतमलाई झटारो हानेपछि उनीहरु होइन यी ओली के बोल्छन् भन्दै उनीतिर नै नजर लगाएको ती नेताहरुले आफ्ना निकटस्थहरुसँग सुनाउन थालेका छन् ।
ओलीले एक तिरले दुई शिकार गर्ने लक्ष्यका साथ उक्त धारणा अगाडि सारेको बताइन्छ । आफ्नै पार्टीका नेता एवम् माओवादीका नेतालाई एउटै शब्दको साहारामा आक्रमण गर्ने लक्ष्यसहित उनले काठ काट्ने, समाउने पनि काठ नै भन्दै आफ्नो बचाउ गरेको र काटिनेमा आफू रहेको भन्दै गुनासो गरेको बताइन्छ । आजको जनआह्वान साप्ताहिकमा खबर छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK