
- अर्थ सरोकार सम्बाददाता
हाम्रो बिकास बैंकले नयाँ प्रमुख कार्यकारी अधिकृत (सीइओ) पाएको छ ।सीइओ पदमा पारस राज कंडेल नियुक्त भएका हुन् । यहि साउन ७ गतेदेखि कार्यभार सम्हाल्ने गरी उनी नियुक्त भएका हुन् ।
पारस राज कंडेल चार्टड एकाउन्टेन्ट हुन् । यसअघि सिभिल बैंक, स्ट्याण्डर्ड फ़ाइनाइन्स लगायतमा काम गरीसकेका कंडेलले दी इन्स्टिच्युट अफ चार्टड एकाउन्टेन्ट्स अफ इन्डियाबाट सिए उतिर्ण गरेका हुन् । यस अघि कपिल ढकालले उक्त बैंकको प्रमुख कार्यकारी अधिकृतको भूमिका निर्वाह गरेका थिए ।
प्रमुख कार्यकारी अधिकृत कपिल ढकालले राजीनामा दिएपछी पारस राज कंडेल सीइओ पदमा नियुक्त भएका हुन् । हाम्रो बिकास बैंक नुवाकोटमा अवस्थित बैंक हो ।