×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

फोटो चोरीमा नेपाल प्रहरीकै साथ !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

फोटो चोरीमा नेपाल प्रहरीकै साथ !

Artha Sarokar

९ श्रावण २०७३, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काभ्रेपलान्चोक – काभ्रेपलान्चोकको सदरमुकाम धुलीखेलमा राखिएको एक ब्यानरमा नेपाल प्रहरीकै ‘प्रहरी मेरो साथी’ नामक अभियानको प्रचारमा बौद्धिक चोरी भएको पाइएको छ । प्रहरीले एक कम्पनीको वाटरमार्क भएको तश्वीर विना स्वीकृति छापेको छ । गेट्टीइमेजेसको सम्पत्ति नेपाल प्रहरीले चोरी गरी प्रयोग गरेको हो ।

यस्तो तश्वीर चोरी भयो :
उक्त ब्यानरमा जनाचेतानामुकल सुचना राखिएको छ । ‘बालबालिकालाई श्रममा होइन विद्यालय पठाउँ’ भनी सुचना राखिएको उक्त ब्यानरमा प्रहरी मेरो साथी नामक अभियानको लोगो माथि चोरीको फोटो राखिएको छ ।गेट्टीइमेजेस अमेरिकी कंपनी हो ।  यसले विभिन्न तश्वीरहरु अरुलाई निशुल्क वा सशुल्क प्रदान गर्ने गर्दछ। तर नेपाल प्रहरीले प्रयोग गरेको यो तश्वीर भने पैसा तिरेर लिनुपर्ने तश्वीर हो जुन उसले विना स्वीकृति प्रयोग गरेको छ ।  
के यस्तो तश्वीर प्रयोग गर्न पाइन्छ ?
उक्त सपत्तिका हककर्ताले आफ्ना तश्वीरहरु बिना स्वीकृति अरुलाई प्रयोग गर्न बन्देज लगाएको छ । अरुले यसरी तश्वीर नाचोरुन् र मन परेको खण्डमा त्यसलाई खरिद गरुन् भनी वाटरमार्क राख्ने चलन छ । नेपालको एक विद्यालयमा पढिरहेका दुइ बालबालिकाको तश्वीर नेपालको भएपनि उक्त सपत्तिका हककर्ता भने नेपाल प्रहरी होइन । गेट्टीइमेजेसका अनुसार उसले केहि ब्लग तथा वेव साइटहरुलाई आफ्नो तश्वीरहरु प्रयोग गर्न दिएको छ । तर यसरी उसको वाटरमार्कनै राखेर विना स्वीकृति तश्वीर प्रयोग गर्न भने नपाइने राय जानकारहरुको छ ।

काभ्रेका फोटोग्राफर भन्छन्, ‘यत्ति सम्म त नगरिदिएको भए हुन्थ्यो’
यस बिषयमा अर्थ सरोकार डटकमले सोधेको प्रश्नमा काभ्रेकै फोटोग्राफरहरुले नेपाल प्रहरीले यस्तो नगरेको भए हुने भन्ने प्रतिक्रिया दिएका छन् । काभ्रेको धुलीखेलमै फोटो स्टुडियो संचालन गरेर बसेका एक फोटोग्राफर भन्छन्, ‘हामीलाई सहायोग मागेको भए हामी हाम्रो साथी प्रहरीलाई सहयोग गर्थ्यौं नि ! यसरी अरुको तश्वीर चोरेर प्रहरीले आफ्नै बेइज्जत गरेको छ । ‘  
काभ्रे प्रहरीलाई यस बारे थाहा छैन :
यसबारे प्रहरीको नम्बर १०० मा डायल गरी बुझ्दा यस बिषयमा आफुलाई थाहा नभएको बताउंदै एक प्रहरीले हेडक्वाटरमा बुझ्न आग्रह गरे । यता हेडक्वाटरमा फोन गर्दा यसबारे आफुलाई थाहा नभएको भन्दै काभ्रेकै प्रहरीलाई फोन गर्न भनियो । पुन : हामीले दिइएको नम्बरमा सम्पर्क गर्दा आफुलाई पनि यसबारे थाहा नभएको भन्दै पुन : यो नम्बरमा फोन गर्नु भनी नम्बर दिइयो जसमा लगातार सम्पर्क हुन सकेको छैन ।              
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी