×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रचण्डलाई रिङाएर मात्र छोड्ने योजनामा ओली

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

प्रचण्डलाई रिङाएर मात्र छोड्ने योजनामा ओली

Artha Sarokar

५ श्रावण २०७३, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं– प्रधानमन्त्री बनाइदिनुपर्ने भए मै बनाइदिन्थें, बनाउन नहुने भएकाले मैले प्रचण्डलाई सत्ता हस्तान्तरण नगरेको हुँ । भारी अन्तरको तेस्रो शक्ति बनेका छन्, उपराष्ट्रपति र सभामुखजस्तो महत्वपूर्ण जिम्मेवारी दिइएकै छ ।
अब त्यसमाथि प्रधानमन्त्री पनि तिनैलाई निदुपर्ने ? जनताले कांग्रेस र एमालेलाई सत्ता र प्रतिपक्षीको नेतृत्व गर्ने जिम्मेवारी सुम्पिएका हुन् । राज्यको महत्वपूर्ण जिम्मेवारीजति तेस्रो दलले पाउनुपर्ने भए पहिलो र दोस्रो दलको भूमिका र जिम्मेवारीचाहिँ के हो नि ?
कांग्रेसले गम्भिरतापूर्वक विचार गर्नुपर्छ । कस्तो प्रकारको लोकतन्त्र विकास गर्ने हो भन्ने विषयमा प्रमुख दलहरु गम्भिर हुनुपर्छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना निकटवर्ती तथा नेपाली कांग्रेससम्बद्व नेताहरुसँग भेट हुँदा उपरोक्त अभिव्यक्ति दिने गरेका छन् ।
स्थानीय निर्वाचन सम्पन्न गराएर मात्र त्ता छोड्ने बताउँदै आएका ओलीले कांग्रेसको मायाले भन्दा प्रचण्ड र माओवादीप्रतिको वितृष्णाका कारण ‘त्यस किसिमको’ धारणा व्यक्त गरेको बुझन सकिन्छ, तर ओलीको अभिव्यक्तिलाई कांग्रेसका कतिपय नेताले गम्भिरतापूर्वक लिएका छन् ।
कांग्रेसलाई सरकारको नेतृत्व गर्ने अवसर प्राप्त हुन्छ भन्ने त्यस्तो अवसर गुमाउन नहुने मत कांग्रेसमा बलवान बन्दै गएको छ । तर, माओवादीलाई राजनीतिक बेइमानी गनुहुँदैन भन्नेहरु पनि कम छैनन् ।
स्वयम् पार्टी सभापति शेरबहादुर देउवा माओवादीलाई अलपत्र बनाएर छोड्नु नहुने धारणा राख्छन् । आजको घटना र विचार साप्ताहिकमा खबर छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी