
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – पुष्प कमल दाहाल (प्रचण्ड) का कारण खरवौँ रकम नेपाल भित्रिन बाट रोकिएको छ । भारत निकट प्रचण्ड प्रधानमन्त्री हुनेभएपछि चीनका राष्ट्रपति सिजिन पिङ प्रचण्डकै कारण नेपाल नआउने भएपछि अरवौंको सहयोग रोकिने भएको हो ।
चिनियाँ राष्ट्रपति सिको नेपाल भ्रमण क्रममा निकै ठूला प्रोजेक्टहरुका बारेमा सम्झौता हुने योजना रहेको र उक्त योजना प्रचण्ड प्रधानमन्त्री हुने भएपछी रोकिएको केहि नेताहरुको दावी छ । ‘चिनियाँ राष्ट्रपति नेपाल आउँदा तीन–चारवटा दुरगामी तथा महत्वपूर्ण योजनाहरु सम्झौता हुने योजना थिए ।’ एक एमाले नेताले अर्थ सरोकारलाइ बताए ।
त्यसमा खासगरी काठमाडौं –पोखरा मेट्रो परियोजना, नेपालकै सबैभन्दा ठूलो औद्योगिक करिडोर निर्माण परियोजना र अहिलेसम्म चीनले गर्दै आएको वार्षिक आर्थिक अनुदानमा दश गुणा बढी अनुदान सहयोग गर्नेलगायत परियोजनाहरु भएको बताइएको छ ।
यी सबै परियोजनाहरु कार्यान्वयन गर्न कम्तिमा पनि चीनले नेपालका लागि ५० खर्ब रकम बिनियोजन गर्ने योजना बनाएको थियो । तर, अब रोकिने भएको एमाले नेताहरु बताउछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्