×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एक्कासी सवारी लाइसेन्स शुल्कमा भारी वृद्धि !

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

एक्कासी सवारी लाइसेन्स शुल्कमा भारी वृद्धि !

४ श्रावण २०७३, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं–यातायात व्यवस्था विभागले सेवाको गुणस्तरमा सुधार नगरी सवारीचालक अनुमतिपत्र (लाइसेन्स) शुल्कलगायतमा भारी बृद्धि गरेको छ । विभागले मोटरसाइलको नयाँ लाइसेन्स र नवीकरण शुल्क १ हजार ५ सय रुपैयाँ तोकेको छ ।
यसअघि यस्तो शुल्क ७ सय रुपैयाँ थियो । त्यस्तै कार, जिप, भ्यान, पिकअप, टेम्पो, पावरटिलरजस्ता साना सवारीचालनकको अनुमतिपत्र शुल्क २ हजार पुगेको हो ।
१५ देखि २५ सिट क्षमताका सझौला सवारीसाधन चलाउनेले अनुमतिपत्रका लागि २ हजार ५ सय र बस ट्रकलगायत ठूला सवारी साधन चलाउनेले ३ हजार रुपैयाँ तिर्नुपनेछ ।
लाइसेन्स लिनका लागि सेवाग्राहीले विहान ७ बजे नै लाइनमा लाग्नुपर्ने समयमै कार्यालय नखुल्ने र अधिकांश काम दलालमार्फनै गर्नुपर्ने बाध्यता विभाग मातहतका कार्यालयमा छ ।
सेवा प्रवाहको गुणस्तर सुधार्न चासो नदिएको विभागले सेवाग्राहीबाट लिने शुल्कमा भने भारी वृद्धि गरेको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: