
काठमाडौं–संसदको तेस्रो पार्टी नेकपा माओवादी केन्द्र केपी ओली नेतृत्वको गठबन्धन सरकारमा ९ महिना बिताएर मंगलबार बाहिरिएको छ । सम्भावित सत्ता समिकरणमा कुनै ठूलो चलखेल नभए केही दिनभित्रै हालको प्रमुख सत्तारुढ घटक नेकपा एमाले प्रतिपक्षमा पुग्नेछ ।
माओवादी केन्द्र र नेपाली कांग्रेसबीचको समीकरणले नयाँ सरकारको नेतृत्व गर्ने भएसँगै यसको असर राजनीतिक वृतमा मात्र नभई आर्थिक वृतमा समेत पर्ने देखिएको छ । र्वशाखको तेस्रो हप्तादेखि सत्ता परिवर्तनको खेल जति चहकिलो बनेको छ, आर्थिक विकासका मुद्दा सोही अनुपातमा ओझेल पर्दैछन् ।
संविधान जारी भएपछि व्यवस्थित भएको भनिएको राजनीतिक संक्रमण पुनः फैलिएको छ । यही संक्रमणले मुलुकको अथएतन्त्र धरासायी बनाइसक्दा पनि दलहरु आर्थिक मुद्दामा केन्द्रित देखिएका छैनन् । आजको कारोबार दैनिकमा खबर छ ।