
अर्थसरोकार सम्बाददाता / काठमाडौँ – काठमाडौँस्थित सेन्ट लरेन्स कलेजले विद्यार्थीको ज्यानमाथि खेलवाड गरीरहेको भन्दै काठमाडौँ महानगरपालिकामा उजुरी परेपछि अहिले यो बिषयले उक्त कलेजमा पढिरहेका विद्यार्थी, तीनका अभिवावक र कलेज प्रशासनमै चर्चा परिचर्चा हुन थालेको छ ।
महानगरपालिकामा परेको उजुरीका आधारमा काठमाडौँ महानगरपालिकाले कलेजको प्राविधिक जांच गरी आवश्यक काम कार्वाही अगाडी बढाउनु भनी निर्देशनात्मक पत्र जारी गरेपछि यो बिषयले झन् चर्चा पाएको हो । यद्यपी यो विषयलाई लिएर कलेजका संयोजक शेखर अधिकारीले समाचारमा आएजस्तो रातो स्टिकर कलेजको भवनमा नभएको र काठमाडौँ महानगरपालिकाले आफुहरुलाई हरियो स्टिकरनै दिएको दावी गरेका छन् ।
यता उजुरीकर्ताले भने काठमाडौँ महानगरपालिकाले असुरक्षित भनेको भवनमा विद्यार्थीहरुलाई राखेर अध्यापन गराईरहेको उक्त कलेजले भूकम्पका कारण हुनसक्ने कुनै पनि मानवीय क्षतिलाई आफ्नो सिमित फाइदाका लागि चरम लापर्वाहि गरेको आरोप सहित कलेजविरुद्ध महानगरपालिकामा उजुरी गरेको अर्थ सरोकारसँग दावी गरेका छन् । यता आफुलाई उक्त कलेजको कर्मचारी बताउने बुद्धिसागर मरासिनीले समेत कलेजलाइ नगरपालिकाले हरियो स्टिकर दिएको दावी गरेका छन् ।
उजुरीमा हजारौं विद्यार्थी पढ्ने सेन्ट लरेन्स कलेजले रातो स्टिकर टाँसी कलेजमा अध्ययन, अध्यापन कार्य गरीरहेको भनी उल्लेख छ । हेर्नुहोस् उजुरीको पूर्ण रुप :
साथै उक्त उजुरीको बोधार्थ अख्तियार दुरुपयोग अनुसन्धान आयोग, भवन विभाग लगायतका ठाउँमा समेत उजुरी परेको छ । यहि उजुरीका आधारमा काठमाडौँ महानगरपालिकाले स्थलगत प्रतिवेदन पेश गर्नु र कलेजको प्राविधिक परिक्षण गरी तुरुन्त आवश्यक कारवाही अगाडी बढाउनु भनी पत्राचार गरिएको छ बहने अख्तियारले समेत यससम्बन्धमा अनुसन्धान थालेको बुझिएको छ । हेर्नुहोस् पत्र :

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्