×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भूकम्प पीडितलाई नयाँ ट्याक्सी दर्ता गर्न दिए आन्दोलन !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

भूकम्प पीडितलाई नयाँ ट्याक्सी दर्ता गर्न दिए आन्दोलन !

Artha Sarokar

५ श्रावण २०७३, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं–भूकम्पपीडितको नामममा सरकारले ब्रम्हलुट गर्ने गरी नयाँ ट्याक्सी दर्ताको आहृवान गरेको भन्दै नेपाल मिटर ट्याक्सी व्यवसायी संघले तत्काल निर्णय फिर्ता लिन माग गरेको छ । संघले सरकारले निर्णय फिर्ता नलिए आन्दोलनमा उत्रिने चेतावनी समेत दिएको छ । नेपाल मिटर ट्याक्सी व्यवसायी संघले सरकारले भूकम्प पीडितको नाममा ठूलो आर्थिक चलखेल गर्न विनाभन्सार सहुलियत १५ सय ट्याक्सीको खताए आहृवान गरेको भन्दै तत्काल सो निर्णय सच्याउन माग गरेको छ ।
संघका अध्यक्ष चेतप्रसाद गौतमले भने, वास्तविक भूकम्पपीडितलाई विगतमा भएको सहमति कबमोजिम भन्सार सहुलियतसहित ५ सय ट्याक्सी दर्ता गर्नुपर्छ , पीडितको नाममा हाल भइरहेको व्यवसायलाई विस्थापित गर्ने षड्यन्त्र भइरहेको छ, हामी यसको घोर बिरोध गछौं ।’ उनले सो निर्णय सरकारले तत्काल फिर्ता नलिए आन्दोलनमा ट्याक्सी व्यवसायी र चालक पनि उत्रने चेतावनी दिए । आजको राजधानी दैनिकमा खबर छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी