
- अर्थ सरोकार सम्बाददाता / काठमाडौं
नयाँ नोट छाप्ने कार्यमा दोहोरो नीति अबलम्बन हुने भएको छ । नोट छपाई कार्यमा एजेन्टहरु हावी भएपछि यस्तो हुन लागेको हो । नेपाल राष्ट्र बैंकले तत्काल आवश्यक परेको भन्दै १ हजार दरको नोट पुरानै व्यवस्थाअनुसार छपाई प्रक्रिया अघि बढाएको जनाएको छ । जवकी ५ सयको नोट छपाइमा भने नयाँ व्यवस्था अबलम्बन गरिएको छ ।
हजार दरको नोट छपाईका लागि केहि समय अगाडी बोलकबोल आह्वान गरिएको छ भने ५ सय दरको नोटको बोलकबोलपछि छनोटको चरणमा छ । नेपाल राष्ट्र बैंकले २० करोड थान १ हजाको नोट छपाइ प्रक्रियामा जानु पहिलेनै विभिन्न उजुरीहरु परेका कारण नयाँ सुरक्षा ट्रेडमार्क नराखी पुरानै व्यवस्थाअनुसार छपाइ प्रक्रिया अघि बढाएको हो ।
नोट छपाई प्रकरणमा अनियमितता भएको भन्दै विभिन्न उजुरी परेको थियो भने यो प्रकरणमा अर्थमन्त्री विष्णु पौडेल पनि तानिएका थिए ।