×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

समाचार टिप्पणी : के जनता बैंकले उठाउन सक्ला त रतन संघाईको ४० करोड रुपैयाँ ऋण ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

समाचार टिप्पणी : के जनता बैंकले उठाउन सक्ला त रतन संघाईको ४० करोड रुपैयाँ ऋण ?

Artha Sarokar

१८ श्रावण २०७३, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम


  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – औषधी व्यवसायी रतन संघाई प्रहरीको फन्दामा परेसँगै जनता बैंकका सञ्चालकहरु तनावमा परेको खबर बाहिरिएसँगै जनता बैंकको ४० करोड ऋण उठ्छ वा उठ्दैन भन्ने चर्चा परिचर्चा हुन थालेको छ । कहिले उक्त ऋण उठ्ने दावी गरिरहेका छन् भने संघाई पक्राउ परिसकेको खण्डमा कुनै पनि हालतमा उक्त ऋण नउठ्ने केहि सरोकारवालाहरुको दावी छ । संघाई पक्राउ परेपछि  जनता बैंकका सञ्चालकद्धय गुरुप्रसाद न्यौपाने, सांसद उदय नेपाली श्रेष्ठ अहिले तनावमा छन् भने उनीहरुलाई पनि यहि ४० करोड ऋणले पिरोलीरहेको स्रोतको दावी छ । 
निरन्तरजसो बैंकभित्रका घोटाला, वा अनियमितता बाहिर आउनुले पनि केहि समय यता निकै तनावमा रहेका जनता बैंकका संचालकहरु फेरी अर्को तनावमा परेका हुन् । मेगा हुँदै माछापुच्छ्रेसम्मको मर्जर तुहिएर चिन्तामा रहेका उनीहरुलाई ऋण दिइएका व्यवसायीलाई प्रहरीले पक्राउ गरेपछि ऋण डुब्ने डरले छोपेको हो ।
तीन वर्ष अगाडि ४० करोड रुपैंया व्यापारिक कर्जा दिएको थियो । उनै रतनको कम्पनीलाई जनता बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत रमेश भट्टराईले बैंकको वोर्डको दबाबमा तीन वर्ष अगाडि उक्त ऋण प्रवाह गरिएको स्रोतको दावी छ ।
नियमित रुपपमा व्याज तिर्दै आएको संघाई गु्रपका अध्यक्ष पवन संघाईका आफन्त हुन रतन संघाई । संघाईको वास जेलतिर हुने भएपछि जनता बैंकले प्रवाह गरेको चालीस करोड रकम डुब्ने पो हो कि भन्ने चिन्ताले ग्रस्तभएका छन अहिले उदय नेपाली र गुरु प्रसाद न्यौपानेहरु ।
रतन संघाई एभरेष्ट इन्सुरेन्स तथा एचपी ग्यासका सञ्चालक समेत हुन् । भारतबाट औषधीमा प्रयोग हुने रसायन ल्याएर लागुऔषध कारोवारीलाई बेचेको आरोपमा संघाइलाई प्रहरीले समातेर अहिले थुनामा राखेको छ । वरिष्ठ अधिवक्ता शभ्भु थापा सहितका पाँच कानुन व्यवासायीहरु संघाईको पक्षमा वकालत गरिरहेका छन ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी