
आजको राशिफल: वि.सं. २०७३ साल भाद्र १२ गते सोमबार इश्वी सन् २०१६ अगस्ट २८ तारिख ।
- मेष -आज दिनभरि तपाईंले धनको कारोबारमा सतर्क रहनु बेस हुनेछ ।बिक्रीबट्टा र बन्दव्यापार फाइदा छैन ।
- बृष – नोकरी गर्नेले मानसम्मान पाउने छन् । प्रशासनिक र राज्यपक्षबाट हुनुपर्ने काममा सफलता प्राप्त हुनेछ।
- मिथुन – झिनामसिना घरायसी काममा आजको समय व्यतीत हुनेछ । आर्थिक हिसावले आजको दिन अनुकुल छैन ।
- कर्कट– असामयिक लाभ होला । पारिवारिक कारोबारमा बिचार पुर्याउनु होला ।
- सिंह – असामयिक लाभ होला । खर्च केहि कम हुनेछ ।
- कन्या – बन्दव्यापारमा राम्रै प्रतिफल मिल्नेछ । साँझमा केही सकारात्मकता देखिनसक्छ, त्यसैले धैर्यता र संयमता अपनाउनु राम्रो हुन्छ ।
- तुला– आजको विनियोजन र लगानीले उत्तरोत्तर फाइदा हुनेछ । यात्रा लाभप्रद बन्न सक्छ ।
- बृश्चिक- बन्दव्यापारबाट लाभ मिल्नेछ । इष्टमित्रले प्रशंसा गर्नेछन् । फसेको धन उठ्ने सम्भावना बढी छ ।
- धनु – दिनभरि शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । काम गर्ने मन नहोला । धनमाल हराउन सक्छ, सचेत रहनुहोला ।
- मकर – पराक्रम र प्रसिद्धि बढाउने समय छ, त्यसैले सानातिना कुरामा अल्मलिएर समय खेर फाल्नु हुँदैन । दीर्घकालिक फाइदाका लागि गरिएको प्रयासमा सफलता मिल्नेछ ।
- कुम्भ – वित्तीय पक्ष राम्रो छ । व्यापारिक कारोबार वा दैनिक आम्दानीका क्षेत्रमा प्रयास गरेबमोजिम फाइदा लिन सकिने छ ।
- मीन– नयाँ कामको लागि नयाँ अवसर आउनेछ बन्दव्यापार र रोजगारीका क्षेत्रमा लाभ मिल्नेछ । प्रतिष्ठित काम गर्ने मौका छ ।