
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – बिरालोले बच्चा सारे जसरी नै क्वाटर फेरिने बास्तविकताको फाइदा साना तथा ठुला चोरहरुले लिएको खबर बाहिर आएको छ। रातारात मन्त्री क्वार्टर अनि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाटै कराई, कुकर, फ्यान, चकटी, थाल हराउन थालेको छ । कर्मचारी नैं चोर अनि मन्त्रीकै बाँदरे प्रबृत्ति भएपछि कसको के लाग्छ र !
केपी शर्मा ओली प्रधानमन्त्रीबाट सत्ताच्यूत भएपछि अफ्नो निवास बालकोट सर्दा त्यहाँका कर्मचारीहरुलाई भने ‘शासक बिनाको राज्य’ जस्तै भएको छ । यहि मौकाको फाइदा उठाउदै प्रधानमन्त्रीको भान्साका सामनहरु एकाएक गायव भएका छन् ।
त्यहाँका सामान कर्मचारीहरुले आ–आफ्नो घर लगेको आँङ्कलन गरिएको छ । नयाँ प्रधानमन्त्री आउने भएपछि उनीहरुले भाँडाकुँडा, तन्ना, कुर्सिका चकटी, फ्रिज लगायतका सामान नयाँ किन्नु पर्ने बताउने गरेका छन् । प्रचण्डको सचिवलयले भने सके सम्म पुरानै सामानले काम चलाउने जनाएको छ ।