×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बालुवाटार बासले पेरिसडाँडामा बबाल

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

बालुवाटार बासले पेरिसडाँडामा बबाल

७ भाद्र २०७३, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । प्रधानमन्त्री भएपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको हाइफाइ बालुवाटारमा जति छ, पार्टी कार्यालय पेरिसडाँडा त्यति नै भद्रगोल बनिरहेको छ । 
प्रचण्ड प्रधानमन्त्री भएपछि पार्टी मुख्यालय पेरिसडाँडामा औपचारिक छलफलका लागि पुगेका छैनन् । एकतापछि बनेको जम्बो केन्द्रीय समितिले पार्टी संगठन भद्रगोल छ, त्यसलाई प्रचण्डले अहिलेसम्म मिलाउनेतिर ध्यान दिएका छैनन् । केबल उनले अहिले सरकारमा मात्रै ध्यान दिएका छन् । 
प्रचण्डले पेरिसडाँडालाई भन्दा बालुवाटारलाइ प्राथमिकतामा राखेपछि पार्टीमा असन्तुष्टि चुलिएको छ । सरकारमा पुरानै एमाओवादीका नेताहरूले एकाधिकार जमाएको भन्दै एकतामा आएकाहरूले पटक–पटक भेलासमेत गरेका छन् । राजनीतिक नियुक्तिदेखि लिएर पार्टीका भातृ संस्थामा प्रचण्ड माओवादीले एकाधिकार जमाएको एकताबाट आएकाहरूको आरोप छ ।
माओवादीले महाधिवेशनसमेत स्थगित गरेको छ । बालुवाटारका गतिविधिलाई मात्रै प्राथमिकतामा राखेर प्रचण्ड अघि बढेको भन्दै पेरिसडाँडामा दिनदीनै पुग्ने पार्टीका नेताले प्रचण्ड प्रवृत्तिको विरोध गरेका छन् । पार्टी बलियो भएको खण्डमा सरकारमा जतिबेला पनि जान सक्ने भन्दै उनीहरूले नेतृत्वले सरकारलाई भन्दा पार्टीलाई जोड दिनुपर्ने सुझाव अघि सारेका छन् । 
प्रचण्डले सरकारको समयावधि छोटो भएको भन्दै अहिले पेरिसडाँडा जान छाडेर बाुलुवाटारबाट सरकारी कामहरू मात्रै गरिरहेका छन् । झन्डै २५ सय केन्द्रीय समिति भएको पार्टीलाई मिलाउनतिर प्रचण्डले ध्यान दिएका छैनन् । जनप्रहार साप्ताहिकमा खबर छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: