
काठमाडौं । प्रधानमन्त्री भएपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको हाइफाइ बालुवाटारमा जति छ, पार्टी कार्यालय पेरिसडाँडा त्यति नै भद्रगोल बनिरहेको छ ।
प्रचण्ड प्रधानमन्त्री भएपछि पार्टी मुख्यालय पेरिसडाँडामा औपचारिक छलफलका लागि पुगेका छैनन् । एकतापछि बनेको जम्बो केन्द्रीय समितिले पार्टी संगठन भद्रगोल छ, त्यसलाई प्रचण्डले अहिलेसम्म मिलाउनेतिर ध्यान दिएका छैनन् । केबल उनले अहिले सरकारमा मात्रै ध्यान दिएका छन् ।
प्रचण्डले पेरिसडाँडालाई भन्दा बालुवाटारलाइ प्राथमिकतामा राखेपछि पार्टीमा असन्तुष्टि चुलिएको छ । सरकारमा पुरानै एमाओवादीका नेताहरूले एकाधिकार जमाएको भन्दै एकतामा आएकाहरूले पटक–पटक भेलासमेत गरेका छन् । राजनीतिक नियुक्तिदेखि लिएर पार्टीका भातृ संस्थामा प्रचण्ड माओवादीले एकाधिकार जमाएको एकताबाट आएकाहरूको आरोप छ ।
माओवादीले महाधिवेशनसमेत स्थगित गरेको छ । बालुवाटारका गतिविधिलाई मात्रै प्राथमिकतामा राखेर प्रचण्ड अघि बढेको भन्दै पेरिसडाँडामा दिनदीनै पुग्ने पार्टीका नेताले प्रचण्ड प्रवृत्तिको विरोध गरेका छन् । पार्टी बलियो भएको खण्डमा सरकारमा जतिबेला पनि जान सक्ने भन्दै उनीहरूले नेतृत्वले सरकारलाई भन्दा पार्टीलाई जोड दिनुपर्ने सुझाव अघि सारेका छन् ।
प्रचण्डले सरकारको समयावधि छोटो भएको भन्दै अहिले पेरिसडाँडा जान छाडेर बाुलुवाटारबाट सरकारी कामहरू मात्रै गरिरहेका छन् । झन्डै २५ सय केन्द्रीय समिति भएको पार्टीलाई मिलाउनतिर प्रचण्डले ध्यान दिएका छैनन् । जनप्रहार साप्ताहिकमा खबर छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्