
- अर्थसरोकार सम्बाददाता
काठमाडौँ – पोखराबाट जोमसोमको नियमित उडानमा रहेको तारा एयरको (एन एएचएचं) टुइनअटर विमान चालकको गम्भिर लापरवाहीले दुर्घटना भएको अपत्यारिलो प्रतिवेदन लिइएको छ ।
प्राविधिकरुपमा निकै कमजोर तारा एयरको विमानमा कुनै खरावी नभए र चालक दलका सदस्यको त्रृटिले दुर्घंटना भएको प्रतिवेदनमा उल्लेख गरिएको छ । तारा, यति एयरलाइन्सका मालिक आडछिरिड शेर्पालाई जोगाउन यस्तो प्रतिवेदन ल्याइएको चालकहरुले बताएका छन् ।
त्रुटी नम्बर १
दुर्घटनाग्रस्त विमानका पार्टपुर्जा, भौगोलिक अवस्थिति र डाटा रेकर्डका आधारमा आयोगले विमान दुर्घटनाको मुख्य कारण मानवीय त्रुटी भनेको छ । घटनाको अध्ययन तथा प्राविधिक परीक्षणले मानवीय त्रुटीले विमान दुर्घटना भएको पाइनछ ।