×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सयदिने कार्ययोजना पेस गर्न स्वास्थ्य मन्त्रि को निर्देशन

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

सयदिने कार्ययोजना पेस गर्न स्वास्थ्य मन्त्रि को निर्देशन

१४ भाद्र २०७३, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम


काठमाडौँ – स्वास्थ्यमन्त्री गगनकुमार थापाले एक हप्ताभित्र कार्यतालिकासहितको सयदिने कार्ययोजना पेस गर्न मन्त्रालय मातहतका महाशाखाका प्रमुखलाई निर्देशन दिएका छन् ।

आज स्वास्थ्य सेवा विभाग टेकुमा विभिन्न महाशाखाका प्रमुखसँग भेट गरी उनले छोटो समयमा स्वास्थ्य क्षेत्रमा उपलब्धिमूलक काम गर्नुपर्ने भएकाले कार्ययोजना पेस गर्न निर्देशन दिएका हुन् ।

विभागका महानिर्देशक डा पुप्पा चौधरीले विभागको गतिविधिका बारेमा मन्त्री थापालाई जानकारी गराएका थिए । जानकारीपछि मन्त्री थापाले आपूर्ति महाशाखा, स्टोर र बिमा कार्यक्रमको कार्यलयको निरीक्षण पनि गरेका थिए ।

सोमबारदेखि मन्त्रालयका विभिन्न महाशाखाका प्रमुखसँग काम कारबाहीबारे ‘ब्रिफिङ’ सुरु गरेका थापाले सोमबार अनुगमन, चिकित्सक र योजना महाशाखाका प्रमुखसँगको ब्रिफिङ सुनेपछि सोही निर्देशन दिए ।

स्वास्थ्य क्षेत्रमा उल्लेख्य सुधारका लागि मन्त्री थापाले स्वास्थ्य क्षेत्रका विज्ञ डा केदारभक्त माथेमा र पूर्व मुख्यसचिव लीलामणि पौड्यालसँग पनि भेट गरी छलफल गरेका थिए।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: