Skip to content
LAXMI SUNRISE BANK

मूर्दामाथि स्वर्गको सपना देखाउंदै सिई कन्स्ट्रक्सन, स्वीकृति नै नलिई मसानघाटमाथि ‘हेभन हाउजिङ’! (फलोअप नं १)

अर्थ सरोकार

  • इन्भेष्टिगेसन ब्युरो / अर्थ सरोकार डटकम 

काठमाडौँ – कौशलटार र बालकोटलाई जोड्ने पूलको बायाँपट्टि खोला क्षेत्र मिचेर बनाइएको कच्ची घाँसे बाटो हुँदै करिव  २०० मिटर अगाडिको जग्गामा सिई कन्स्ट्रक्सन नामक कम्पनीले हाउजिङ निर्माण गर्ने तयारी गरेको छ । निर्माण कार्य सुरु भइसकेको छ ।  कुरुवा घर बनाउने, स्टोर्स हाउस बनाउने, जमिन  सम्माउने लगायतका कामहरु भइसकेका छन्  भने जगका लागि खाडल पनि खनीसकिएको छ भने हाउजिङले करिव ३ रोपनी क्षेत्र हनुमन्ते खोला मिचेको छ । खोला किनारमा बनाउन लागेको सो हाउजिङको नाम ‘कौशलटर हेभन हाउजिङ’ राखिएको छ ।  तर थाहा छ यो हाउजिङ बन्न लागेको ठाउँ मसानघाट हो । 

हाउजिङ क्षेत्रभित्र रहेको मसानघाट र मूर्दा पोल्ने ठाऊँमा केहि समय अगाडी सफा बनाइएको थियो । सुरुमा मुर्दा पोल्ने ठाउँ भत्काएको भन्दै स्थानीयले विरोध गरेका थिए । पछी मसानघाट मा हाजुजिङ बनाउन लागेको तथ्य बाहिरिने दरले हाउजिङकै छेऊमा मूर्दा पोल्ने नयाँ ठाऊ बनाइदिएको छ सीइ कन्स्ट्रक्सन नामक कम्पनीले ।
मूर्दाघर पूरिएको हो : सीइ कन्स्ट्रक्सन 
अर्थ सरोकार प्रतिनिधिसँग कुराकानी गर्दै सिई कन्स्ट्रक्सनका मार्केटिङ प्रमुख सुजन घिमिरेले खोला मिचिएको स्वीकार्दै उक्त ठाउँमा जस्ताले घेरेरमात्र राखेको र निर्माण कार्य केही नभएको दावी गरे । घिमिरेका अनुसार कन्स्ट्रक्सनले १८ रोपनी जग्गा किनेको भएपनि फिल्डमा १६ रोपनीमात्र भएकाले र उक्त बिषयमा कुराकानी भइरहेकाले कम अड्किएको बताएका छन् । खोलाको जग्गा मिचेको र मसानघाट बारेको प्रश्नमा उनी भन्छन्, ‘हामी उल्टै समस्यामा छौं ।१८ रोपनी भनेर किनेको जग्गा १६ रोपनीमात्र हुँदा काम अगाडी बढ्न सकेको छैन ।  
स्विकृति नलिइ कन्स्ट्रक्सन
सिई कन्स्ट्रक्सनले काठमाडौं उपत्यका विकास प्राधिकरणसँग पूर्व स्विकृति नलिइ निर्माण थालेको र हाउजिङको विज्ञापन गरेको समेत पाइएको छ । प्राधिकरणका विकास आयुक्त डाक्टर भाइकाजी तिवारीले उक्त कम्पनीले हाउजिङ निर्माणका लागि स्विकृति नलिएको स्पष्ट गरे । ‘स्विकृति लिन कम्पनी आएको छैन । आएपछि हामी पूरै नाँपजाँच गर्छौं ।  खोला मिचेर हाउजिङ बनाउने अधिकार कसैलाई पनि छैन ।’
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK