
- अर्थ सरोकार सम्बाददाता
घरकब्जा काण्ड सेलाउन नपाउँदै सेन्चुरी बैंकको अर्को काण्ड बाहिरिएको छ । धरानस्थित सेन्चुरी बैङ्कको शाखा कार्यालयमा करोडौं रुपैयाँ घोटाला भएको पाइएको छ भने उक्त घोटालामा बैंककै कर्मचारीहरुसमेतको मिलेमतोको भएको पाइएको छ । बैङ्कले ल्याएको ‘गोल्ड लोन’ सिकिम अन्तर्गत बैंकले गरेको लगानीमा धितोभन्दा कयौं गुणा बढी ऋण प्रवाह गरी कमिसन खाएको र त्यसलाई ढाकछोप गर्न बैंक व्यवस्थापन लागिरको तथ्य खुलेको हो ।
धितो भन्दा कयौं गुणा बढी ऋण :
धरानस्थित साखामा धितोभन्दा कयौं गुणा बढी ऋण दिएको देखिएको छ । उक्त काममा बैंककै एक संचालककै सुन व्यवसायमा पनि बैंकले लगानी गरेको छ जुन सरासर नियम विपरित छ । साथै बैंकले मनपरी ढंगले ऋण प्रवाह गरिरहेको छ। आफ्ना मान्छेलाइ केहि कमिसनको भरमा यस्तो काम गराइएको स्रोतको दावी छ ।
नेपाल राष्ट्र बैंकको निर्देशन विपरित काम :
सेन्चुरी बैंकको धरान साखाले राष्ट्र बैङ्कको निर्देशनको समेत धज्जी उडाउँदै प्रचलित बैङ्किङ कारोबारको सामान्य नियमसमेत मानेको छैन । कतिपय कागजमा सही नै नगरी समेत ऋण प्रवाह गरिएको छ । सेन्चुरीले सामान्य प्रक्रिया समेत पूरा नगरी ऋण प्रवाह गर्नुमा बदनियत रहेको बैंककै कतिपय कर्मचारीको गुनासो छ ।
यस्तोसम्म हुन्छ सेन्चुरी बैंकमा
सेन्चुरी बैंकले लापरवाहीको पनि हद गरेको छ । गोल्ड लोन स्किम अन्तर्गत ऋण प्रवाह गर्दा धेरैजस्तो ठाउँमा सहि नै गरिएको छैन । ऋण रसिदमा हुनुपर्ने सुन जाँचकी, लोन अधिकृत र मेनेजरको दस्तखत केहि पनि नगरी ऋण प्रवाह गरिएको छ । बैंकले आवश्यक कागजसमेत कानुनबमोजिम नबनाइ ऋण दिइएको छ ।

बोल्नै चाहंदैनन सीइओ
सेन्चुरी बैंकको धरानस्थित साखामा बह्येको घोटाला प्रकरणबारे सिईओ अनोजमणि तिम्सिनासँग सम्पर्क राख्न खोज्दा उनले यस विषयमा केही बताउन चाहेनन् । उनले आफु व्यस्त रहेको बताउंदै पत्रकारबाट टाढा हुन खोजे ।
यो पनि पढ्नुहोस्:
सेञ्चुरी बैंक र ब्यापारीबीच घर कब्जा काण्ड !