
- शेयर बजार साप्ताहिकमा प्रकाशित
नारायणगढ/ सेञ्चुरी कमर्शियल बैंकले एकजना ऋणीको घर जबर्जस्ती कब्जा गरेको आरोप लगाउँदै चितवनका एक व्यवसायीले राष्ट्र बैंकमा उजुरी हालेका छन् । उनले अदालतमा समेत आफूले बैंकविरुद्ध मुद्दा हालेको जनाउँदै बैंकले प्रहरी प्रशासनलाई हातमा लिएर आफ्नो सम्पत्ति लुटेको आरोपसमेत लगाएका छन् । चितवनमा रहेको लिंक इन्टरनेशनलका प्रोप्राइटर माधवकुमार गौतमले सेञ्चुरी बैंकबाट अटो व्यवसायका
लागि ऋण लिएका थिए ।
उनले व्यवसाय विस्तारका लागि भन्दै पटक–पटक गरी तीन करोड २० लाख रुपैयाँ ऋण लिएको बैंकले जनाएको छ । व्यवसायी गौतमले बैंकबाट एउटा उद्देश्यका लागि ऋण लिएर अन्य कार्यमा लगानी गरेकोमा राष्ट्र बैंकको निरीक्षणले सो कर्जा तत्काल असुल गर्न निर्देशन दिएको समेत जनाइएको छ ।
तो लिलाम गर्न खोज्दा नसकेको र आखिरमा प्रहरीको सहयोगमा आफैँले धितोलाई गैरबैकिङ सम्पत्तिको रुपमा सकारेको जनाइएको छ । बैंकका क्षेत्रीय प्रबन्धक गोकर्ण दुवाडीका अनुसार गौतमले कर्जाको सावा ब्याज नतिरेपछि धितो लिलाम गरेको भए पनि कसैले पनि सो सम्पत्ति किन्ने आँट गरेका थिएनन । त्यसपछि बैंक आफैले सकारेको धितो सम्पत्ति समेत बैंकको नियन्त्रणमा आएको थिएन ।
त्यसपछि बैंकले प्रहरीको सहयोगमा घर खालि गराएको जनाएको छ । ‘हामीले लिंकको नाममा मोटरसाइकल
र कारको रिकण्डीसन हाउस सञ्चालन गर्न रकम दिएका थियौँ’ दुवाडीले भने, ‘तर अनुगमनमा जाँदा ऋणको अपचलन देखियो, अनि हामी बैंकिङ ऐनअन्तर्गत प्रक्रिया अगाडि बढाएका हौँ ।’
बैंकको धितोको रुपमा रहेको गौतमकी पत्नी अनु भट्टराई गौतमको जग्गा ऋणीले बिक्री गरी बैंकलाई सावाँ –ब्याज गरी ७८ लाख रुपैयाँमात्र बुझाएको दुवाडीले जानकारी दिए । गौतमले ७८ लाख रुपैयाँ बुझाउँदा ब्याज र साँवा केही घटेको र हाल गौतमले बैंकलाई करिब दुई करोड ८० लाख रुपैयाँ तिर्नुपर्ने देखिएका दवाडीले बताए ।
बैंकले ऋणी गौतमलाई पटक–पटक ऋण तिर्नको लागि पत्राचार गर्दासमेत बक्यौता कर्जा रकम नतिरी बेवास्ता गरेपछि बैंकले ३५ दिने सार्वजनिक सूचना प्रकाशित गरेको थियो । ऋणी गौतमले बैंकमा सम्पर्क नगरेपछि उनको धितो बन्धक रहेको घर–जग्गा बैंकले आफ्नो नाममा सकार गरेको क्षेत्रीय प्रबन्धक दुवाडीले बताए ।
बैंकले पटक–पटक पत्राचार गर्दा समेत ऋणीले घर खाली नगरेपछि बैंकले बाध्य भएर स्थानीय प्रशासन, प्रहरी र भरतपुर उपमहानगरपालिकाको सहयोगमा घर खाली गरेको बैंकले जनाकारी दिएको छ । तर, गौतमले भने अदालतमा मुद्दा चलिरहेको बेला बैंकले जबरजस्ती घर खालि गराएक र घरभित्र भएको सामानहरू समेत हिनामिना गरेको आरोप लगाएका छन् ।
गत चैत ४ गते गौतमले आफूले घर खाली गर्नर् स्थानीय प्रशासनको रोहबरमा १५ दिन थप म्याद माग गरेको र नगरेमा बैंक आफैलँ घर खाली गरेको हुन्छा भनेकोमा म्याद थपेकोमा गर्दा १५ दिन नपुग्दै गौतमले जिल्ला अदालत चितवनमा निषेधाज्ञाको मुद्दा दायर गरेको बैंकका प्रबन्धक दुवाडीले जानकारी दिए । गौतमले पटक–पटक निशेधाज्ञाको मुद्दा दायरी गरेकोमा चितवन जिल्ला अदालतबाट उक्त मुद्दाहरू खारेज गरिएपछि घर खाली गरिएको दावी बैंकको छ ।
घर खाली गराउँदा बैंकले घरमा रहेको सामानहरू मुचुल्का गरी सुरक्षित राखेको समेत बैंकले जनाएको छ । बैंकले मुचुल्का गरी ताला लगाएको घरमा ऋणीले साउन २१ गते आफूखुसी ताला तोडेर पसेका थिए । ऋणी गौतमले बैंकले आफ्नो सम्पत्ति लुटेको दाबी गर्दै आफूले पुन: पाएको बताएका छन् ।
तर, बैंकले भने बैंकको नाममा रहेको सम्पत्ति कब्जा गरेकोमा गौतममाथि कानुनी कारबाही गर्ने जनाएका छन् । सेञ्चुरी बैंक र स्थानीय ब्यवसायीबीच भएको यो विवादले ब्यापारिक केन्द्र चितवनमा व्यवसायी र बैंकबीच तिक्तता उत्पन्न गराएको छ । उता सेञ्चुरी बैंकले भने यसबारे कानुनीरुपमा अघि बढ्ने भन्दै पत्रकार सम्मेलनसमेत गरिसकेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्