×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेन्चुरी बैंकमा लापरवाहीको हद ! कागजातमा सहि नै नगरी करोडौंको ऋण प्रवाह !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

सेन्चुरी बैंकमा लापरवाहीको हद ! कागजातमा सहि नै नगरी करोडौंको ऋण प्रवाह !

Artha Sarokar

३२ श्रावण २०७३, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम


  • अर्थ सरोकार सम्बाददाता 

घरकब्जा काण्ड सेलाउन नपाउँदै सेन्चुरी बैंकको अर्को काण्ड बाहिरिएको छ ।  धरानस्थित सेन्चुरी बैङ्कको शाखा कार्यालयमा करोडौं रुपैयाँ घोटाला भएको पाइएको छ भने उक्त घोटालामा बैंककै कर्मचारीहरुसमेतको मिलेमतोको भएको पाइएको छ । बैङ्कले ल्याएको ‘गोल्ड लोन’  सिकिम अन्तर्गत बैंकले गरेको लगानीमा धितोभन्दा कयौं गुणा बढी ऋण प्रवाह गरी कमिसन खाएको र त्यसलाई ढाकछोप गर्न बैंक व्यवस्थापन लागिरको तथ्य खुलेको हो ।  
धितो भन्दा कयौं गुणा बढी ऋण :
धरानस्थित साखामा धितोभन्दा कयौं गुणा बढी ऋण दिएको देखिएको छ । उक्त काममा बैंककै एक संचालककै सुन व्यवसायमा पनि बैंकले लगानी गरेको छ जुन सरासर नियम विपरित छ । साथै बैंकले मनपरी ढंगले ऋण प्रवाह गरिरहेको छ।  आफ्ना मान्छेलाइ केहि कमिसनको भरमा यस्तो काम गराइएको स्रोतको दावी छ । 
नेपाल राष्ट्र बैंकको निर्देशन विपरित काम :
सेन्चुरी बैंकको धरान साखाले राष्ट्र बैङ्कको निर्देशनको समेत धज्जी उडाउँदै प्रचलित बैङ्किङ कारोबारको सामान्य नियमसमेत मानेको छैन ।  कतिपय कागजमा सही नै नगरी समेत ऋण प्रवाह गरिएको छ । सेन्चुरीले सामान्य प्रक्रिया समेत पूरा नगरी ऋण प्रवाह गर्नुमा बदनियत रहेको बैंककै कतिपय कर्मचारीको गुनासो छ ।
  
यस्तोसम्म हुन्छ सेन्चुरी बैंकमा 
सेन्चुरी बैंकले लापरवाहीको पनि हद गरेको छ । गोल्ड लोन स्किम अन्तर्गत ऋण प्रवाह गर्दा धेरैजस्तो ठाउँमा सहि नै गरिएको छैन ।  ऋण रसिदमा हुनुपर्ने सुन जाँचकी, लोन अधिकृत र मेनेजरको दस्तखत केहि पनि नगरी ऋण प्रवाह गरिएको छ । बैंकले आवश्यक कागजसमेत कानुनबमोजिम नबनाइ ऋण दिइएको छ । 

बोल्नै चाहंदैनन सीइओ
सेन्चुरी बैंकको धरानस्थित साखामा बह्येको घोटाला प्रकरणबारे सिईओ अनोजमणि तिम्सिनासँग सम्पर्क राख्न खोज्दा उनले यस विषयमा केही बताउन चाहेनन् । उनले आफु व्यस्त रहेको बताउंदै पत्रकारबाट टाढा हुन खोजे ।

यो पनि पढ्नुहोस्:
सेञ्चुरी बैंक र ब्यापारीबीच घर कब्जा काण्ड !

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी