×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कलर्स मोबाइलको ‘मनपरी’ विरुद्ध यस्तो छ जनताको आक्रोस ! (फलोअप नम्बर २)

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

कलर्स मोबाइलको ‘मनपरी’ विरुद्ध यस्तो छ जनताको आक्रोस ! (फलोअप नम्बर २)

२५ श्रावण २०७३, मंगलवार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

काठमाडौँ – टेलिभिजनमा आउने एउटा बिज्ञापनले अहिले कोटेश्वर बस्ने श्याम खड्कालाई निकै समस्या परेको छ । परिवारसँग बसेर टेलिभिजन हेर्दा आउने एक बिज्ञापन देख्ने बित्तिकै उनी रिमोट थिचीहाल्छन् । विज्ञापन हो कलर्स मोबाइलको ! विश्लेषण नै गर्दा सामान्य जस्तो लाग्ने यो बिज्ञापन अश्लील भएको आरोप लाग्न थालेको छ । यस्तो प्रवृति समयमै नसच्याए नेपाली बिज्ञापन बजारमै समस्या देखिने र नेपालको बिज्ञापन व्यवसायमा अश्लीलता हावी हुने निश्चित प्राय छ । 
बिज्ञापनमा नरम अश्लीलता छाएको गुनासो :
‘कम्पनीले सुरुमा पत्रिकामा बिज्ञापन छाप्यो । पत्रिकामा हुँदा खासै समस्या पनि भएन । तर त्यहि विज्ञापन टेलिभिजनमा सुन्दाचाहिं अश्लील नै लाग्छ । बिज्ञापनमा प्रयोग भएका सब्दहरु ‘तपाईंको कत्रो छ ? लामो समयसम्म काम गर्छ ?’ भन्ने शब्द भएको बिज्ञापन परिवारका अगाडी कसरि हेर्नु ?’ खड्काले अर्थ सरोकार डटकमलाइ सुनाए । उनीमात्र होइन, यो बिज्ञापनलाई अश्लील भन्नेहरु धेरै छन् । कतिले परिवारसँग बसेर यो बिज्ञापन हेर्न नमिल्ने बताएका छन् भने कतिले यो संस्कार नरोके नेपाली बिज्ञापन व्यवसायमा पनि अश्लीलता हावी हुने बताएका छन् । विभिन्न देशहरुमा विज्ञापन ब्याण्ड भएका उदाहरणहरु पनि छन् । 
हेर्नुहोस् यो बिज्ञापन :

   
यस्तो छ सामाजिक सञ्जालमा जनताको आक्रोस :
यो बिज्ञापनबारे जनताले कलर्स मोबाइलको फेसबुक पेजमै आक्रोस पोखेको देखिएको छ । कतिले यसलाई वाइयात भनेका छन् भने कतिले कतिले देशको संस्कृतिमाथि प्रहार भएको आरोप लगाएका छन् । हेरौं कलर्स मोबाइलको फेसबुक पेजमा जनताको आक्रोस :

र यो अर्थ सरोकारले यस अघि प्रकाशित गरेको समाचारमा आएका कमेन्ट 

विज्ञापन व्यवसायीनै भन्छन्, ‘मापदण्ड नै नहुँदा समस्या भयो’

यता विज्ञापन व्यवसायीहरु भने मापदण्डनै नहुँदा समस्या परेको बताउँछन् । विज्ञापनमा केके राख्न पाइन्छ, के राख्न पाइँदैन भन्ने मापदण्ड नहुँदा समस्या परेको र विज्ञापन बजारमा विकृति बढेको उनीहरुको भनाइ छ । कोटेश्वरमा विज्ञापन एजेन्सी चलाएर बसेकाएक विज्ञापन व्यवसायी भन्छन् भन्छन्, ’हामीलाई विज्ञापनसँग मतलव हुन्छ । नेपालमा कस्ता विज्ञापन राख्न पाइन्छ वा पाईदैन, वा विज्ञापनमा के के कुराहरु राख्न पाइन्छ भन्ने मापदण्ड नै छैन । कोहि विज्ञापन दाताले विज्ञापन छाप्नु पर्यो, बनाउनु पर्यो वा बजाउनु पर्यो भनेर आउँछन् । हामीले पत्रिकामा पठाउँदा पत्रिका वा टेलिभिजनले समेत नमिल्ने कुरा गर्दैन । कतिपय कुरा गलत हो भन्ने थाहा पाउँदापाउँदै पनि छापिन्छ वा बज्छ । हामी पनि यस्तै बिज्ञापन बनाउने कम्पनी भएकाले अरुले बनाएको बिज्ञापनमा टिप्पणी गर्न नमिल्ला तर बिज्ञापनमा केहि हदसम्म अश्लीलता हावी भएको पक्कै हो ।’ उनका अनुसार नेपालमा विज्ञापन सम्बन्धि नियमन गर्ने निकाय आवश्यक भइसकेको छ । उनी अगाडी भन्छन्, ’नेपालमा विज्ञापन सम्बन्धि थुप्रै विकृतिहरु छन्, जसलाई समयमै नाचिरे भोलिका दिन असहज हुनसक्छ । 
के भन्छन् विज्ञ ? 
नेपाल सरकारका पूर्व सचीव एवं मिडिया कानूनका विज्ञ काशीराज दाहालले विज्ञापन बाजारमा आएको विकृति र विज्ञापन संघ लगायतका केहि संघ संस्थाको सुझावमा विज्ञापन सम्बन्धि नियमन निकाय गठन गर्नका लागि सुझाव सहितको प्रस्ताव लैजाने तयारी भइरहेको बताएका छन् ।अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै उनले भने, ’अहिले पत्रपत्रिकामा प्राकाशीत सामाग्रीबारेका विविध उजुरीहरुलाई प्रेस काउन्सिल नेपालले हेरिरहेको छ । तर छुट्टै नियमक निकाय गठनका लागि हामीले प्रायस गरिरहेका छौं ।’ उनका अनुसार नेपाली विज्ञापन बजारमा विभिन्न खालका विकृति आएको र के छाप्न वा बजाउन हुने नहुने भन्ने विषयमा स्पष्ट मापदण्ड नभएको हुनाले विज्ञापन सम्बन्धि छुट्टै नियमक किकाया गठनको तयारी भइरहेको छ ।

यस बिषयमा कलर्स मोबाइलका प्रतिनिधिसँग कुरा गर्न खोज्दा सम्पर्क हुन सकेन ।

यो पनि पढ्नुहोस् :

विज्ञापनमा, ‘नरम अश्लीलता’ ! तपाईंको कत्रो छ भनेर दोहोरो अर्थ लगाउनेलाई नियमन गर्ने निकाय खोइ ?

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: