×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘कर्पोरेट डेभलपमेन्ट बैंकलाई राष्ट्र बैंकले लियोस्, नत्र बिजोग हुने भो’ : कर्पोरेटका कर्मचारी

GLOBAL IME BANK

‘कर्पोरेट डेभलपमेन्ट बैंकलाई राष्ट्र बैंकले लियोस्, नत्र बिजोग हुने भो’ : कर्पोरेटका कर्मचारी

१९ श्रावण २०७३, बुधबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

अर्थ सरोकार डटकमले   कर्पोरेट डेभलपमेन्ट बैंकको कन्तबिजोग कथा, सिइओ चढ्ने गाडि कसरी भयो गायव ? शिर्षकको समाचार प्रकाशित गरेपछि बैंकका कर्मचारीले त्यसको प्रतिक्रिया दिएका छन् । मेलमार्फत कर्मचारीहरुले लेखेका छन् : 
‘२०७१ साल पुस २ गते बुधवार नेपाल राष्ट्र बैंकले कर्पोरेट डेभलपमेन्ट बैंकलाई समस्याग्रष्त धोषित गरेर बिभिन्न समयमा प्रकाशीत गरेको सचेतहुने सुचनालाई आधार मान्ने हो भने आज सम्म कर्पोरेट डेभलपमेन्ट बैंकमा केही सुधारको लक्षण देखिनुपर्ने हो । तर बैंकले सुधारोन्मुख तर्फ कुनै पहल चालेको देखिदैन ।  
कस्को कारणबाट कस्को स्वार्थको कारण बैंकको यो अवस्था आयो तेतातिर नेपाल राष्ट्र बैंकको ध्यान गएको पनि देखिदैन् न त ति व्यक्तीलाई कर्वाही गर्न तिर लाग्नु भन्दा खारेजिको प्रक्रीया अधि बडाएर ति ब्यक्तीहरुलाई चोख्याउन तिर लाग्नुले हामी अचम्मीत भएका छौ । 
तत्कालिन अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृतले अतिरक्ति लाभ उठाउदा आज बैकंको यो हबिगत भयो बिसलाख कित्ता शेयर जारी गरेको यस बैकंले यतिको शेयरधनिहरुको लगानीलाई डुबाएर केवल केही व्यक्ती धनिबन्दा नेपाल राष्ट्र बैंक मौन बस्दा कतै नेपाल राष्ट्र बैंकपनि लाभमा हिस्सेदार त छैन भन्ने प्रश्न उठेको छ ।
बैंकको बासलात हेर्दा जतिपनि घोटला भएका छन् तत्कालिन अध्यक्ष मोहन राज रेग्मी, तत्कालिन सिइओ बिपिनराज पोखरेल र अडिट कमीटीका सदस्य बिनयराज पोखरेलको कार्यकालमा उनीहरुकै अदुर्दशिता र निजी स्वार्थका कारण भएको देखिन्छ ।
आज बैंकका बर्तमान अध्यक्ष बिष्णु प्रशाद सुवेदी भएका छन् तर उनी थपना मात्र साबित भएका छन् । पुर्व अध्यक्षलाई चोख्याउन पुर्व सिइओलाई कार्वाहीको नाटक गरी रु.५०००००। जरिवाना गरीएको छ । यहासम्मकी समस्याग्रस्त संस्था रिजोलुसन महाशाखाको वार्षिक प्रतिवेदनमा पनि समस्यग्रस्त सबै बैकको रिपोर्ट प्रकाशित गरेर केवल कर्पोरेट डेभलपमेन्ट बैंकको मात्र सुपरीबेक्षणनै नगरी प्रतिवेदन सर्बजनिक गरिएको छ ।
आज पनि सबै योजना तथा निर्णय रेग्मीकै निजी कार्यालयमा हुने गर्दछ । अहिले सिइओमा उमेश कोइराला छन उनी आफै व्यापारी हुन भने कालो सुचिमा समेत परेका व्यक्ती हुन् यस्तो अबस्थामा बैंक सुधारमा जान्छ भनि सोच्नू मुर्खता हुन आउछ । बैंकको बा ६च ६३६० नं.को कार पनि गायब भएको छ । जुन पुर्व सिइओ चढ्ने गर्थे । 
नेपाल राष्ट्र बैंकले यस बैंकलाई खारेजी तर्फ फाइल अगाडी बढाए लगत्तै बैकलाई कौडीको दाममा आफुभन्दा श्रेणी कम ग श्रेणीको फाइनान्स कम्पनीलाइ १०० को ६०को दरमा बिक्री गर्ने निर्णय बोर्डले पासगर्दैछ । यो निणर्यले सिमित व्यक्तीलाइ त लाभ होला तर सर्बसाधारण शेयरधनि लगायत कर्मचारीको बेहाल हुनेछ । यस बैकलाइ चाडो भन्दा चाडो बिक्रीगरी चोखिने दाउमा लागेका सिमीत बोर्डका सदस्यहरुको निर्णय बैंकको कार्यालयमा नभएर निबर्तमान अध्यक्षको कार्यालयबाट हुनु र निर्णय स्वंय बर्तमान अध्यक्षलाइ समेत थाहा नहुनुले प्रष्ट पार्दछ राजनितिको प्रभाव कति छ भन्ने ।
अब पनि नेपाल राष्ट्र«« बैंकले हस्तक्षेप गरी आफ्नो हातमा नलिने हो र बैक डुवाउन खोज्ने हरुलाई कानुनी कठघरामा नउभ्याउने हो भने यस्का शेयर धनिको लगायत निक्षेप कर्ताको लगानी सुरक्षामा आंच आउने निश्चित छ ।
पिडित कर्मचारीहरु
कर्पोरेट डेभलपमेन्ट बैंक लि.
बिरगंज’
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: