Skip to content
LAXMI SUNRISE BANK

जितजंगलाई ब्याक गराई नेविसंघमा महरलाई जिताउन देउवाको निर्देशन

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता

काठमाडौँ – काँग्रेस सभापति शेरबहादुर देउवाले नेपाल विद्यार्थीसँगको महाधिवेशनमा अध्यक्षमा नयनसिंह महरलाई सघाउन आफू निकट नेतालाई निर्देशन दिएका छन् ।

नेविसंघ अध्यक्षमा संस्थापनबाटै धेरै उम्मेदवार मैदानमा उत्रिएपछि  देउवाले आफूनिकट नेतासँग परामर्श गरि महरा आफ्नो समूहको उम्मेदवार भएको उनी निकट केन्द्रीय सदस्य मीन विश्वकर्माले बताए ।

देउवाले आफू पक्षका अध्यक्ष दाबेदार जीतजंग बस्नेतलाई पछि हट्न भनिसकेका छन् । देउवा खेमबाटै अध्यक्षमा महर र जितजंगका साथै शुभराम बस्नेतले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।

राजधानीको भृकुटी मण्डपमा आइतबार सुरु भएको सम्मेलनको बन्दशत्र प्रतिनिधि विवादका कारण अझै सुरु हुन सकेको छैन ।

अध्यक्षमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबाट मनोजमणि आचार्य, दीपक भट्टराई र आनन्द पौडेलको दाबी छ । पूर्वमहामन्त्री कृष्ण सिटौला प्यानलबाट कुन्दन काफ्लेले उम्मेदवारी घोषणा गरेका छन् । उनलाई युवा नेताहरु गगन थापा र प्रदीप पौडेलको साथ छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK