
काठमाडौं–प्रहरी नेतृत्वमा बिग्रँदै गएको चेन अफ कमाण्ड त छताछुल्ल नै भइसकेको छ । केही एआईजीपीहरुले आइजीपीको निर्देशन मान्न छाडिसकेका छन् ।
एआईजी राजेन्द्रसिंह भण्डारीले त प्रहरी नेतृत्वसँग सम्बन्ध नै बिच्छेद गरिसकेका छन् । एउटै ब्याचका प्रहरी आईजी, एआईजी हुँदा चेन अफ कमाण्डमा समस्या हुनु सामान्य कुरा हो ।
तर, तल्लो तहका प्रहरीले पनि सिधै आईजी उप्रेन्द्रकान्त अर्याललाई चुनौती दिन थालेका छन्, त्यो पनि सार्वजनिक रुपमा ।
आजभोलि प्रहरीका कुनै समाचार आयो कि त्यसलाई फेसबुकमा प्रचारप्रसार गरिने चलन छ । प्रहरी अधिकृतको चाडकीका लागि फेसबुकमा व्यापक प्रचारप्रसार हुने गरेको छ ।
गत शुक्रबार प्रहरी महानिरीक्षक अर्याल एउटा भवनको उद्घाटनको लागि धुलिखेल गएका थिए । काम पनि हुने र गुड फ्राइडेमा घुमघाम पनि हुने भएकाले उनी सानो कार्यक्रम भए पनि रिफ्रेसमेन्टका लागि काभ्रे गएका थिए ।
सोही कार्यक्रमको फोटो फेसबुकमा सेयर भयो । उक्त फोटोमा कमेन्ट गर्दै एक डिएसपीले भने अर्याललाई चुनौती दिएका छन् । डिएसपी केपी शर्मा ले उक्त फोटोमा कमे६न गर्दै लखेका छन्, ‘प्हरी नेतृत्व उद्घाटन, मिटिङ, पार्टी भोज रोज, छैन नयाँ खोज के गर्ने नियती परम्पराको ।’
डिएसपी शर्माको आईजीपी अयाँलसँग लामो समयदेखि दुश्मनी चल्दै आएको छ । अवकाशको बेलामा उनले जिल्ला ईन्चार्ज हुने इच्छा देखाएका थिए । तर, खराब पृष्ठभूमिका कारण अर्यालले उनलाई गण र अञ्चलमै थन्क्याएका थिए । आजको दृष्टि साप्ताहिकमा खबर छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्