
- अर्थ सरोकार सम्बाददाता
काठमाण्डौ- पछिल्लो समय नेपाली कर्पोरेट क्षेत्रमा सबैभन्दा ततो बिषय केहि छ भने त्यो पक्कै पनि एनसेलले पूँजीगत लाभकर नतिरेको बिषय हुनुपर्छ । यो बिषयलाई केही समयअघिदेखि निकै नै तातो बनाइएको छ ।नेपालको विद्यमान कानून एनसेलले लाभकर तिर्नैपर्ने कानूनमा बाध्यकारी व्यवस्था नहुँदा यसका शेयर होल्डरले फाइदा उठाएको तथ्य फेला परेको छ ।
यस्तै फाइदा उपेन्द्र महतोले पनि उठाए । एनसेलमा भएको आफ्नो सेयर बिक्री गर्दा एनआरएनएका पूर्वअध्यक्ष तथा व्यापारी उपेन्द्र महतोले समेत उठाएका तथ्य अर्थ सरोकार डटकमले फेला परेको छ । एक नेपाली कम्पनीलाई बिक्रेता समूहमा राखेर गैरकानूनी ढंगले कर छलेको प्रमाण देखिएको छ । अर्थ सरोकार डटकमलाइ प्राप्त सेयर खरीदबिक्री सम्झौता सम्बन्धी फाइलमा एनसेलमा रहेको महतोको सेयर बिक्रीको क्रममा लाभकरको बिषय कतै उठाइएको छैन भन्ने तथ्यले त्यहाँको गडबडी स्पष्ट हुन्छ ।
यता अर्थ सरोकारसँग कुराकानी गर्दै समाचार स्रोतले एनसेल विरुद्ध नियोजित रुपमा सांसददेखि केहि मिडिया मालिकहरुसम्म लागेको आरोप लगाएका छ । स्रोतका अनुसार अनुसार उस्तै खालको खरीदबिक्री हुँदा उपेन्द्र महतोले पूँजीगत लाभकर तिर्नुपर्छ भन्ने कुरा अहिलेसम्म कतैबाट नउठ्नु र एनसेलको पछिल्लो खरीदबिक्री प्रकरणलाई ‘हटकेक’ बनाएर राजनीति गरिनुले एनसेल प्रकरणमा सबै कुरा सुनियोजित रुपमा भइरहेको छ । स्रोत अगाडी भन्छ, ‘पछिल्लो चलखेलमा महतो नेतृत्वको समूहको संलग्नता छ । एनसेललाई अप्ठ्यारो पारेर फेरि सो कम्पनी खरीद गर्ने वा यस्तै दूरसंचार प्रदायक कम्पनी नेपालमा संचालन गर्ने महतो टिमको स्वार्थका कारण यो सबै काम भइरहेको छ र उनीहरुकै टिमबाट केही सांसद र संचारउद्यमी समेत लागेका छन् ।
बाँकी प्रसङ्ग तपाइंले करविज्ञकै मुखबाट सुन्न सक्नुहुनेछ । यो अन्तर्वार्ता केहि समय अगाडी अर्थ सरोकार डटकमका सल्लाहकार सम्पादक सुरज प्याकुरेलले टिभी टुडे टेलिभिजनमा लिएका थिए ।
हेर्नुहोस अर्थ सरोकारलाइ प्राप्त भएको प्रमाण !










