Skip to content
LAXMI SUNRISE BANK

बेपत्ता फिस्टेल एयर हेलिकोप्टर नुवाकोटमा दुर्घटनाग्रस्त

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – नेपालमा पुन: हेलिकोप्टर दुर्घटना भएको छ । गोरखाबाट काठमाडौँको आउने क्रममा सम्पर्क बिहिन बनेको फिस्टेल एयरको नाइन एनएकेए कल साइनको हेलिकोप्टर नुवाकोटमा दुर्घटना भएको   हो ।   अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै नुवाकोटको प्रजिअ विष्णुप्रसाद पोखरेलले हेलिकप्टर मदनपुर ९ को जंगलमा खसेको जानकरी स्थानीयबाट आएको जानकारी गराएका छन् ।

अहिले सेना र प्रहरीको टोली त्यस तर्फ गएको बताइएको छ ।

पाइलट रञ्जन लिम्बुको कमाण्डमा रहेको हेलिकप्टरमा बिरामी सहित ६ जना सवार थिए ।  फिस्टेलकै अर्को हेलिकप्टर उद्दारको लागि गएको छ ।  घटनाको थप विवरण आउँन  बाँकी छ ।  
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK