
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – नवनियुक्त कृषि विकासमन्त्री गौरीशंकर चौधरीले राष्ट्रिय चिया तथा कफी विकास बोर्डको समीक्षा बैठकमा बोल्दै सरकार कतिञ्जेल चल्छ भन्ने टुंगो नभए पनि छोटो समयमै आफूले कृषि उत्पादन वृद्धिका लागि प्राथमिकताका साथ काम गर्ने बताए ।
चौधरीले टुक्रे–खुद्रे योजनाले नेपालमा कृषि विकासको लक्ष्य हासिल गर्न नसकिने हुदा ठूला योजनामा पैसा लगाउनुपर्छ, सिँचाइको विकास मात्र गर्न सके पनि कृषि उत्पादनमा आफैं वृद्धि हुन्छ भने ।
उनले राष्ट्रिय कुल गार्हस्थ्य उत्पादनमा ३१ प्रतिशत हिस्सा रहेको कृषि क्षेत्रको भूमिकाको चर्चा गर्दै विकासका लागि प्रतिबद्ध भएर काम गर्ने बताए । मन्त्री बनेपछि पहिलो पटक सार्वजनिक कार्यक्रममा सहभागी भएका उनले कृषिमा उत्पादन वृद्धिका लागि सिँचाइ, मल, बीउ, प्रविधि विस्तार गर्दै कृषिलाई यान्त्रीकरण र आधुनिकीकरण गर्नमा केन्द्रित भएर काम गर्ने बताए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्