×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कृषिमन्त्री नै भन्छन् ‘सरकार धेरै दिन टिक्दैन”

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

कृषिमन्त्री नै भन्छन् ‘सरकार धेरै दिन टिक्दैन”

Artha Sarokar

२३ श्रावण २०७३, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – नवनियुक्त कृषि विकासमन्त्री गौरीशंकर चौधरीले राष्ट्रिय चिया तथा कफी विकास बोर्डको समीक्षा बैठकमा बोल्दै सरकार कतिञ्जेल चल्छ भन्ने टुंगो नभए पनि छोटो समयमै आफूले कृषि उत्पादन वृद्धिका लागि प्राथमिकताका साथ काम गर्ने बताए ।
चौधरीले टुक्रे–खुद्रे योजनाले नेपालमा कृषि विकासको लक्ष्य हासिल गर्न नसकिने हुदा ठूला योजनामा पैसा लगाउनुपर्छ, सिँचाइको विकास मात्र गर्न सके पनि कृषि उत्पादनमा आफैं वृद्धि हुन्छ भने । 
उनले राष्ट्रिय कुल गार्हस्थ्य उत्पादनमा ३१ प्रतिशत हिस्सा रहेको कृषि क्षेत्रको भूमिकाको चर्चा गर्दै विकासका लागि प्रतिबद्ध भएर काम गर्ने बताए । मन्त्री बनेपछि पहिलो पटक सार्वजनिक कार्यक्रममा सहभागी भएका उनले कृषिमा उत्पादन वृद्धिका लागि सिँचाइ, मल, बीउ, प्रविधि विस्तार गर्दै कृषिलाई यान्त्रीकरण र आधुनिकीकरण गर्नमा केन्द्रित भएर काम गर्ने बताए ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी