×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मर्चेन्ट बैंक : केही झिलिमिली अनुभव

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

मर्चेन्ट बैंक : केही झिलिमिली अनुभव

१ भाद्र २०७३, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • ज्योति दाहाल

केही दिन पहिला साविकको मेट्रो बैंकको शेयरलाई कैलाश बनाउन ग्लोबल क्यापिटल गएको थिएँ । मुलढोकाबाट भित्र छिर्दा सासै फेर्न नसकिने जस्तो उकुसमुकुस थियो ।अव्यवस्थित र साँघुरो ठाँउमा ठेलिँदै छिरेर कष्टसाथ दर्ता गराएर आएँ । यति कष्ट सहेपनी शेयर बेलैमा आएकोले केही खुशी नै हुनुपर्यो । एनएमवी क्यापिटलमा सेवा बैंकको बोनस शेयर हितग्राही खातामा हाल्न निवेदन दिन जाँदा पनि हालत त्यस्तै थियो ।
खाता खोलिसकेकाको लागि शेयर हाल्ने कार्यको लागि त त्यहीँ पुग्नुपर्ने व्यवस्था नगरी अनलाइन मार्फत निवेदन दिने व्यवस्था मिलाइ दिए भिड त कम हुन्थ्यो । यति कष्ट सहेर निवेदन दिएर आएँ तर महिना नाघिसक्यो शेयर खातामा आएको छैन। भाउ बढेको बेला बेच्न पाइन अब मलाई त्यस्को शोधभर्ना कसले दिने क्यापिटल, सेवा बैंक वा धितोपत्र वोर्डले ?
अर्को उदाहरण एस क्यापिटलमा ओमको बोनस शेयर खातामा हालिदेउ भन्न गएको अक्षर नै नबुझिने एउटा फाराम दियो आँखा नजिक लगेर नियालेर हेर्दै विवरण भरेर बुझाउन गएको त हितग्राही खाता खोलेको चिठि चाहिन्छ भने । अब भन्ने बित्तीकै मैले कहाँबाट ल्याउने पुग्नुपर्छ आफ्नो खाता भएको निक्षेप सदस्यकोको । 
जबकी मैले निवेदनमा उल्लेख भए अनुसार तीन पुस्ते विवरण, नागरिकता नं., जारी गर्ने जिल्ला, जारी भएको मिति र आफ्नो हितग्राही खाता दिएपछि किन खाता खोलेको चिठी पनि चाहिया हो बुझ्न सकिएन । यस्तै काम गर्न Nmb Capital मा नचाहिने एस क्यापिटलमा किन चाहिया हो बुझ्न सकिन र सोधौं भने आँखा तरिहाल्छन।
अनि यस्ता यस्ता वेथिती हटाउन धितोपत्र वोर्डले नै स्पष्ट नीति, नियम र निर्देशिका बनाएर लागू गराउने हैन र ?
म त्यही भएर भन्छु धितोपत्र वोर्डको लागि हामी (शेयरधनी) अति तुच्छ हौं । शेयर दिएर हामिलाइ गुण लगाएको सम्झने कम्पनीलाई वोर्डले कम्पनीलाई कहिले भन्ने कि तिम्ले शेयर दिएर गुण लाएको हैन कि शेयरधनीले शेयर किनेर गुण लाएका छ्न ।
वोर्ड कहिले पनि शेयरधनिको लागि हुनसकेन मात्र कम्पनीको सेवक भयो । अझ उदेकलाग्दो कुरा बोनस शेयर खातामा हाल्न दिइने फारामको ढाँचा समेत एनएमवी र एस क्यापिटलमा फरकफरक छ । यस्तो फाराम त एकै प्रकारको हुनुपर्ने हैन र ?
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: