- रोहन शर्मा
कारोबारको सुरुवाती दिन आईतबार देखी निरन्तर ओरालो लागेको सेयर बजारले यो हप्ता एक दिन पनि हरियो मुख नदेखाईकन बिदा लियो। यसैबिच थुप्रै खिचडि पाके यो हप्ता ।
१.कालो धनको खिचडि: केहि समय देखी चर्चा पाउँदै आएको कालो धन यो हप्ता चारमोत्कर्शमा पुग्यो। कालो धनको खिचडीले बजारलाई पुरै रातो बनाईदियो।
२ सरकार परिवर्तनको खिचडि: “तिजमा आँखा फुटेको गोरुले सँधै रातो मात्र देख्छ”, भनेझैं बाबुरामको पालामा नेप्से ११७५ बाट २९२ मा झरेको भोग्नेहरुले अहिले प्रचण्ड प्रधानमन्त्री हुँदा पुरानै बासी भात सम्झेर पुन खिचडी पकाए अनि कमरेडलाई लाल सलाम ठोक्यो बजारले पनि!
३.ब्रोकरको चेक पर्चेजको खिचडि: ब्रोकरले क्लियरिङ्ग बैंकबाट पाउँदै आएको चेक पर्चेजको सुबिधा यही हप्ता बाट बन्द भयो। बजार घटाउने निंहुँ खोजिरहेकालाई यो कुरो त झन् अकबारे खुर्सानीनै भयो अनि छरिदिए नेप्सेको भित्ता भरि…..बजार रात्याम्मै!
४ हिजो कारोबारमा प्रकाशित धितोपत्र बोर्डका अध्यक्षको लेखको खिचडि: हिजो प्रकाशित अध्यक्ष ज्यु को लेखमा धेरै भन्दा धेरै राम्रा कुराहरुनै छन्, तैपनी अहिलेको समयमा उक्त लेख प्रकाशित हुँदा सकारात्मक भन्दा पनि बढी नकारात्मक पक्ष बढी हावी देखियो। लगानिकर्ताले पनि पुरै नकारात्मकनै बुझे र सोही अनुसार आफ्नो ब्यवहार देखाए। बास्तबमा भन्ने हो भने एउटा सत्य कुरा चाहिं कुनै पनि सार्वजनिक पद धारण गरेर बस्ने ब्याक्तीले बजारलाई प्रभावित पार्ने गरी आफ्नो ब्याक्तीगत धारणा दिनु हुँदैन थियो। घाउलाई अझै कोट्याउनेहरुले त नुन चुकनै भेट्टाए।
यो हप्ता बजार घटाएर छानी छानी सेयर खरिद गर्न सफल दृश्य तथा अदृश्य शक्तीहरुलाई धेरै धेरै बधाई साथै घाटा खाएर सेयर फाल्नेहरुप्रती सहानुभुती।
बजार घटेपनी कारोबार भने यो हप्ता सात अर्ब पुगेको छ। यसलाई यसरि बुझौं कसैले त किन्दै छ नि बजार घटेपनि।
अब आगामी दिन पाक्ने खिचडि:
बजार घटाउन प्रयास गर्नेले घटाएर खरिद गरिसकेपछी अब पुन: बढाउन पनि उनै लाग्नेछन् र आगामी दिन अनेकौं खिचडी पाक्नेछन्। हामी मात्र दर्शक भएर बसे भयो!
● ब्रोकरलाई चेक पर्चेजको सुबिधा बन्द भएपछी अब उनिहरुले आफ्नो कम्पनीको ज्ञारेण्टी बापत पाँच करोड सम्मको ओडि सुबिधा पाउने भएका छन्। जसको प्रकृया सुरु भैसकेको छ भने अबको केहि दिन भित्रै ब्रोकरको चेक पर्चेजको सुबिधालाई ओडिले प्रतिस्थापन गर्नेछ।
● नियामक निकायबाट पनि लगानिकर्ता हतोत्साहित भएको सन्दर्भमा केहि सर्कुलर आउने अपेक्षा गर्न सकिन्छ ।
● सरकार परिवर्तन भएर कमरेडको सरकार आए पनि उनि ९ महिने पाहुना मात्र रहनेछन्। नयाँ सरकार आउँदा बजेट मौद्रीक निती लगायत कार्यक्रमरुपी खिचाडी पहिलेनै वली सकारले पकाएर गैसकेका छन् भने अब ९ महिना पछीको लागी काँग्रेसले खिचडीको लागी जोर जाम सुरु गर्न सुरु गरिसकेको छ। पहिले र अहिलेको समय धेरै फरक रहेको र माओबादि एककृत हुँदै केन्द्रसम्म आईपुगेको अवस्था छ अहिले समय सापेक्ष सोचमा पनि धेरै परिवर्तन आईसकेको छ। यसकारण पनि कमरेड सरकार देखी डराउनु पर्ने अवस्था रहेन।
अन्त्यमा,
अहिले बजारमा हल्ला छ, नेप्से अब निकै तल आउँछ भन्ने। ब्याक्तिगत रुपमा भन्नु पर्दा यही आँखाले नेप्से ११७५ बाट २९२ झरेर १८०० माथी पुगेको देखियो भने भोलीको दिन जस्तोसुकै अवस्थाको सामना गर्न हामी तयार हुनुपर्छ भन्ने मेरो ब्याक्तिगत मान्यता रहेको छ।
अहिले बजारमा रहेका घट्ने आधार र बढ्नुपर्ने आधार बिच तुलना गरौं त , कती छन् घट्नु पर्ने कारण?
सक्नुहुन्छ भने राम्रा राम्रा कम्पनी छानेर किन्नुहोस्, सक्नुहुन्न भने आफुसंग रहेको सेयर होल्ड गर्नुहोस्, यो बर्ष मुखैमा आईसकेको बोनस हकप्रद खानुहोस्, अनि आजको मितीबाट ९ महिना कुर्नुहोस् त अनि बुझिनेछ बजारको चाल।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्