×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लगानी गर्दा नआत्तिनुहोस् तर सधैं होसियार रहनुहोस् !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

लगानी गर्दा नआत्तिनुहोस् तर सधैं होसियार रहनुहोस् !

Artha Sarokar

२१ श्रावण २०७३, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

शेयरको सूचांकसंगै कम्पनीको पनि भाउ घट्यो यो बेलामा आएर भाउ घट्नुपर्ने त्तात्विक कारण केहि पनि छैन सरकार परिवर्तन मात्रै कारण हुनसक्दैन ।  
सूचक र भाउ घटेपनि कारोबार रकम बढ्ने क्रम जारी छ । यो सकारात्मक कुरा हो । विगत र अहिलेको परिस्थिति फरक छ । शेयरको संख्या बढेसँग यो क्षेत्रमा जानेर/नजानेर आउनेको संख्या पनि बढेको छ । शेयर संख्या र लगानीकर्ताको संख्या बढेपछि स्वाभाविकरूपमा कारोबार रकम पनि बढ्छ । 
त्यस्तै अहिले दलाल कमिसन पनि घटेको छ । शेयर अभौतिक भएको र राफसाफ पहिले भन्दा छिटो हुन थालेको छ । किनेको चौथो दिन आफ्नो मनोवान्छित लाभ आएमा बेच्न सकिन्छ ।
त्यस्तै अहिले संस्थागत लगानिकर्ता समेत भित्रिएका छन् । विभिन्न लगानी कम्पनी र सामुहिक लगानी कोष पनि बजारमा सक्रिय छन् । ७ वटा सामुहिक लगानी कोषको लागि पैसा हाल्ने ठाँउ शेयर बजारनै हो । भर्खर ग्लोबल बैंकको १ अर्बको योजना सूचीकरण भएको छ । निकट भविष्यमा नै एनएमबि, नेपाल इन्भेस्टमेन्ट, नबिल र लक्ष्मी बैंकले ३ अर्ब भन्दा बढी मुल्यको योजना ल्याउन लागेको छ । यस्ले पनि लगानी गर्ने शेयरमा नै हो । 
लगानी गर्दा होहल्ला र देखासिकी गर्नुहुन्न । आजै किन्नुपर्छ भन्ने सोच्नु पनि हुन्न । भोलि पनि किन्न सकिन्छ । रोटेपिङ जस्तै बजार घुम्छ । कहिले तल कहिले माथि भइरहन्छ । 
परिसूचक मात्रै तपाईंको लगानीको आधार होइन कम्पनीको वृद्धि पनि हो । अहिलेसम्म चौमासिक विवरण निकालेका अधिकांश कम्पनीको आम्दानी गुणात्मक वृद्धि देखिएको छ । परिसूचक आफ्नै ठाँउमा छ तपाईंको लगानी आफ्नै ठाँउमा छ । यस्लाइ एकै ठाँउमा हेर्ने गर्नुहुन्न । यी अलगअलग हुन । मेरो अनुभवले यहि भन्छ । शेयर लगानी गर्ने बित्तिकै लाभ आउँछ भन्ने सोच्नुहुन्न । केही समय पर्खनु पनि पर्छ र धैर्यता पनि राख्नुपर्छ । 
शेयर बजारमा आएर धैर्यता राख्न नसके आशातित लाभ पाइन्न बरु गुमाईन्छ ।  यति छिट्टै पैसा कमाइने भए गरिब को हुन्थ्यो र ?
लगानी गर्दा विविधीकरण पनि गर्नुपर्छ । शेयरमा लगानी जोखिम हो । जोखिम लिन नसक्नेले लगानी नगर्दा पनि हुन्छ यस्ता व्यक्तिको लागि सामुहिक लगानी कोष उपयुक्त विकल्प हो । यसमा लगानी गर्नुस ढुक्कसँग निदाउनुस योजनाको समाप्तिपछि कम्तिमा दोब्बर भन्दा बढी नै लाभ पाउनु हुनेछ । वर्षैपिच्छे पाउने लाभांश त छँदैछ ।
लगानी गर्दा नआत्तिनुहोस् तर सधैं होसियार रहनुहोस्,  जसरी एउटा ड्राइभर र पाइलट सचेत हुन्छ । दुर्घटना भवितव्य हो यो टार्न सकिन्न । शेयर बजार पनि यस्तै हो ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी