×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भालुको खेती र सेयर बजार

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

भालुको खेती र सेयर बजार

१२ भाद्र २०७३, आईतवार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

  • सेयर बाजार साप्ताहिकमा प्रकाशित ज्योति दाहालको लेख 

एकजना किसानका बारी जंगल छेउमा रहेछ । त्यही जंगलमा एउटा सोझो भालुपनि बस्दो रहेछ  । किसानले खेती गरेको लुकी लुकी हर्ने गर्दो रहेछ ।‘खती गर्न पाए कति मजा आउँदो हो  ।दुइ चार दिन आयो  खेती गर्यो  , पाकेपछि भारी कसेर लग्यो, घरमा राख्यो, बसी बसी खायो । आफुलाई दिनदिनै सिकार गर्न नगई सुख छैन ।’ यस्तै यस्तै सोचेर उसले  त्यही किसानसँग  ,मिलेर खती गर्ने र बसेर खाने मन बनाएछ । यस्तै–यस्तै कुरा सोचेर भालु बस्दोरहेछ । तर, किसानको अगाडि गएर बोल्ने आँट चाहिँ गर्दो रहेनछ । किसान फेरि खेती लगाउन आएछ । यसपटक भने आँट गरेर भालु किसानको छेउमा गएछ ।
भालुलाई अकस्मात आफ्नो सामु देखेर किसान पनि आत्तिएछ, भालु पनि आत्तिएछ । तैपनि भालुले हिम्मत जुटाएर भनेछ, ‘किसान दाई नडराउनुस् म तपाईंलाई तर्साउन आएको हैन । मलाई पनि खेती गर्न मन लागेर आएको हुँ । खेती गर्न के–के गर्नुपर्छ बताइदिनुस् ।’ किसान अब ढुक्क भएछ र भनेछ, ‘भइहाल्छ नि सँगै मिलेर गरौं, आएको उब्जनी बाँडेर लिउँ । मुला रोपौं, तिमी माथिको ती लैजाउ म फेद (जरा) लान्छु हुन्न त ?’
भालुले स्वीकृति दिएछ ।
भालुले गोरु नारेछ र चपरा फर्काई–फर्काई जोतेछ किसान छेउ भित्तो खन्न लागेछ । जोतेर सकियो । किसानले भालुलाई मुला रोप्न ड्याङ उठाउन लगाएछ भालुले पनि कोदालो र कोदाली लिएर गजबको ड्याङ बनाइदिएछ किसानले मुला रोपेछ । मुला तयार भो । किसान र भालु टुप्लुक्क आइपुगे । भालुले जरा (मुला) जति किसानको डोकोमा हालिदिएछ र पात (साग) जति आफ्नो भाग भनेर छुट्याएछ । किसान जराको भारी बोकेर गएछ भालु पातको भारी बोकेर गएछ ।
भालु घर पुगेपछि पो चाल पाएछ, आफू ठगिएको कुरा । रिसले मुर्मूरिँदै किसानलाई एकै गाँस पारी दिउँ जस्तो झोक चलेछ । तर, सोचेछ खेती गर्नु छ, अहिले रिसाएर पनि भएन । फेरि कसले सिकाउने । आफैँलाई सान्त्वना दिएछ । फेरि अर्को खेती लगाउने याम आएछ, किसान बारीमा आयो, भालु पनि त्यहिँ पुग्यो । 
भालुले सोधेछ, “अब के लगाउने ?”
किसान “गहुँ”
भालु “गहुँको जरा मलाई है” ।
किसान “हुन्छ । तिमिले रोजेकै लैजाउ । गोरु नारेर जोत्न थाल
म बीउ हाल्छु”
गहुँ छरियो ।
गहुँ पाक्यो । किसानले शर्तअनुसार पात (बाला) जति आफूले लियो र घर गयो भालु जरा लिएर गयो । घर पुगेपछि पो फेरि थाहा भो, यसपटक पनि ठगिएछ । भालुलाई रिस त धेरै उठेको हो, तर सोचेछ, गल्ती त मेरै हो,
आफूले जान्दै नजानेको कुरा गर्छु भनेर तम्सिन नहुने थियो । नेपालको सेयर बजारमा पनि भालुजस्ता धेरै छन्, जो केही जान्दैनन् । तर, अर्काले कमाएको देखेर आफू पनि कमाउने सपना देख्छन्, तर त्यसको आधारभूत पक्ष केही बुझ्न चाहँदैनन् ।
केही नबुझी आउँछन्, पैसा खन्याउँछन् । कुनमा खन्याउन हुने हो । नाफा हुने हो कि हैन, खन्याउने बेला हो कि हैन । केही बुझ्ने प्रयत्न गर्दैनन् । अनि भालुले जस्तै कहिले पात अनि कहिले जरा लिएर जान्छन । त्यसैले कुनै पनि चिजको उपादेयता बुझ्नुपर्छ । जसरी  किसानलाई बाली कहिले लगाउने, कहिले गोड्ने, जहिले मल हाल्ने,
कहिले विषादी हाल्ने, कहिले बाली पाक्छ, कसरी थन्क्याउने राम्रो थाहा हुन्छ । 
त्यसैगरी, सेयरमा लगानी गर्नेलाई पनि कहिले किन्ने कहिले बेच्ने कति नाफा लिने सब कुरा बुझ्नुपर्छ अनि मात्रै सफल लगानीकर्ता बन्न सकिन्छ । पुतलीसडकमा कुनै धूर्तसँग तालिम लिएर र पुस्तक पढेर लगानीकर्ता बनिने भए, मुलुकी ऐन पढेर सबै वकिल भैसक्थे । मुलुकी ऐन नै सबैभन्दा ठूलो कानुनको ठेली हो । जसरी किताबमा लेखिएको नियम वा तरिका पढेर पौडी खेल्न सिकिँदैन । 
त्यसका लागि पोखरीमै पस्नुपर्छ । त्यसैगरी, लगानीकर्ता बन्न पनि बजारमै नपसी हुन्न । उतार–चढाव नब्यहोरी हुन्न । अचल लगानीकर्ता बन्नुभन्दा पनि यही  कथाका ‘भालु ’ बन्ने  धेरे भएकाले बजारलाइ पनि बेला न कुबेला  भालुले खेदीरहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: