×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ज्योति दाहालका कुरा : ‘बैगनको नोकर र धितोपत्र वोर्ड’

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

ज्योति दाहालका कुरा : ‘बैगनको नोकर र धितोपत्र वोर्ड’

२१ श्रावण २०७३, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम


  • ज्योति दाहाल

एकपटक वादशाह अकबर र बिरबल घुम्दै बगैंचामा पुगेछन् । अकबर त्यहाँ रोपिएको बैगनको बोटको छेउमा पुगेर एउटा बैगन सुमसुम्याउन थालेछन र बिरबलतिर फर्केर भनेछन – ‘हेर त बिरबल कति राम्रो सलक्क परेको चिल्लो काँचै खाउँ जस्तो लाग्ने रहरलाग्दो अनि भेट्नु हेर्यो भने मुकुट जस्तो छ । तरकारीको राजा यहि रहेछ ।’
बिरबलले पनि सहमति दिँदै हो महाराज यो त उत्तम तरकारी हो भनेछन ।
त्यसपछि दुबै त्यहाँबाट अन्तै लागेछन र अलि पर पुगेर रोकिएछन त्यहाँ पनि बैगनकै बोट रहेछ तर त्यहाँको बैगन पहिलाको जस्तो रहेनछ । अकबरले भनेछन – ‘हेर त बिरबल कति रद्दी बैगन बाँगो खस्रो किरा लागेर जताततै प्वालैप्वाल । बैगन जति रद्दी तरकारी अरु के होला ?’
बिरबलले पनि हो महाराज बैगन त सबैभन्दा रद्दी तरकारी हो भनेछन ।
अकबर – ‘पहिल मैले राम्रो असल भन्दा असल राम्रो भन्यौ अहिले 
खराव भन्दा पनि खराव नै भन्छौ त किन ?’
बिरबल – ‘महाराज म हजुरको सेवक हुँ बैगनको हैन’ ।
धितोपत्र वोर्ड पनि बिरबल जस्तै छ । धितोपत्र बोर्ड आफू राम्रो नराम्रो केही चिन्दैन । शेयर किनबेच गर्दा क्रेता बिक्रेताले तिर्ने ०.०१५ धितोपत्र शुल्क हामीसँग उठाएर हाम्रो हितमा काम गर्नुपर्नेमा अकबर (कम्पनी) ले जे भन्यो त्यही सहि भन्छ ।
धितोपत्र वोर्डले अकबरको सेवा गर्न नछाडेसम्म पूँजीबजार शुद्ध र सुदृढ हुनसक्दैन ।
सुचिकृत कम्पनीले हरेक तीन महिनामा अनिवार्य सार्वजनिक गर्नुपर्ने वित्तिय प्रतिवेदन प्रकाशन गर्न लगाउँदैन ढिलो प्रकाशन गर्नेलाइ कुनै कार्वाही गर्दैन ।कम्पनीले गरेका नितिगत निर्णय लगानीकर्तालाइ थाहै हुन्न । 
धन्य हो पस्पतिकै कृपाले पूँजीबजार चल्या जस्तै लाग्छ ।
  • ज्योति दाहाल नेपाली शेयर बजारमा अर्को चलेको नाम हो । उहाँका कुरा सुन्न र बुझ्न रुचाउने हाम्रा धेरै पाठक हुनुहुन्छ भन्ने कुरा हामीले बुझेका छौं । त्यसैले उहाँका रमाइला देखि गहकिला कुरासम्मलाई हामीले अर्थ सरोकार डटकममा प्राथमिकताका साथ स्थान दिने प्रयास गरिरहेका छौं। – सम्पादक   
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: