×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एउटामात्र इन्जिन भएको काष्ठमण्डपएयरको उडान अनुमति नविकरण भएन, उडानमा रोक लगाइयो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

एउटामात्र इन्जिन भएको काष्ठमण्डपएयरको उडान अनुमति नविकरण भएन, उडानमा रोक लगाइयो

Artha Sarokar

२ भाद्र २०७३, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम


  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – नागरिक उड्डयन प्राधिकरणले एकल इन्जिन विमान उडाउने एयर काष्ठमण्डपको प्राविधिक पक्ष अत्यन्तै कमजोर रहेको ठहर गर्दै उसको एअर अपरेटर्स सर्टिफिकेट (एओसी) नवीकरण रोक्का गरिदिएको छ । 
प्राधिकरणले एओसी नवीकरण नगरेपछि अब काष्ठमण्डपले कहीँ पनि जहाज उडान पाउने छैन ।  एउटा विमान कालिकोटमा दुर्घटनामा परेपछि यो कम्पनीको व्यवस्थापन कमजोर हुँदै गएको छ भने यहाँ काम गर्ने अधिकांश कर्मचारीले छाडेर अन्यत्रै गइसकेका छन् ।
‘जहाज बिग्रेपछि मर्मत गर्ने इन्जिनियर नै नभएर हामीले यसको अनुमति पत्र रिन्यु गरेनौं,’ प्राधिकरणका एक अधिकारीले भने। यसले आफ्नो प्राविधिक पक्ष जबसम्म सुधार्दैन तबसम्म कतै पनि उडान गर्न पाउने छैन । हाल यसको एउटा जहाज नेपालगन्जमा छ । त्यो पनि लामो समयदेखि बिग्रेकाले थन्किएको छ । 
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी