
पूर्वमन्त्री गोरेबहादुर खपाङ्गीको निधन भएको छ । तत्कालिन राजा ज्ञानेन्द्र शाहको पालामा महिला तथा बालबालिका मन्त्री रहेका पूर्वमन्त्री खपाङ्गीको ७० वर्षको उमेरमा बाँसबारीस्थित न्यूरो अस्पतालमा शनिबार राति १०:२० मा निधन भएको अस्पतालले जनाएको छ ।
शनिबार दिउँसो पिसाबमा समस्या देखिएपछि उनलाई अस्पताल लगिएको थियो । राजनीतिमा प्रखरवक्ता रहेका खपाङ्गी पञ्चयातकालमा १४ महिला जेल जीवन बिताएका थिए। २०४७ सालमा नेकपा(माले) परित्याग गरेर उनी आदिवादी/जनजाति समुदायको पहिचानको आन्दोलनको नेतृत्व गरेका थिए। उनको आज पशुपति आर्यघाटमा अन्त्येष्टी गरिने जनाएको छ ।