×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

परीक्षामा किर्ते गर्नेलाई मन्त्री बनाउन खुमबहादुरको लविङ !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

परीक्षामा किर्ते गर्नेलाई मन्त्री बनाउन खुमबहादुरको लविङ !

Artha Sarokar

२१ श्रावण २०७३, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं–नेपाली काँग्रेस त्यस्तो पार्टी हो, जहाँ विचारको आधारमा होइन सनकका आधारमा निर्णय गरिन्छ । लोकतन्त्रवादी, समाजवादी जे सुकै विशेषण भिराएपछि काँग्रेस व्यक्तिवादमा चल्ने पार्टी हो । गत महाधिवेशनमा सभापति शेरबहादुर देउवालाई सघाएको र जिताएको भन्दै खुमबहादुर खड्काले पछिल्लो दिनमा देउवालाई थाल खाऊ कि भात खाँउको अवस्थामा पु¥याइदिएका छन् ।
कहिले तिमीसँगको सम्बन्ध विच्छेद गर्छु भन्ने, कहिले मैलै भनेको मान्छेलाई मन्त्री बनाउनुपर्छ भन्दै दबाव दिने लगायतका काममा खड्का क्रियाशिल रहेका छन् । पछिल्लो पटक खड्काले आफ्नो मान्छे भन्दै मन्त्री बनाउन अगाडि सारेका व्यक्ति हुन् शंकर भण्डारी ।
तनहँुका भण्डारी कुनै बेला त्रिचन्द्र क्याम्पसमा स्ववियू सभापति थिए । गुण्डागर्दी, कुटपीट र लुटपाटमा उनको नाम कुख्यात थियो । डनगिरी गरेर स्ववियू सभापति बनेका भण्डारी पढाई लेखाईमा शुन्य नै थिए । परीक्षामा पास हुन त राम्रोसँग लेख्नुपर्छ । त्यसको कुनै छेक छन्द थिएन भण्डारीमा ।
तर उनलाई पास पनि हुनुपर्ने, सभापति पनि बनीरहनु पर्ने, डनगिरी पनि चलाइराख्नुपर्ने स्वभाव भण्डारीको थियो, जुन आज पर्यन्त पनि छ ।
परीक्षामा पास हुन कि त पढ्नुपर्छ, कित लप्पन छप्पन गर्नुपर्छ । पहिलो विकल्प उनीहरुसँग थिएन । किनकी कलेज त गएको हो, पढेको भने थिएन् ।
कर्मचारीले भनेका कारण फर्म भरेका थिए । कोर्समा के छ , परीक्षमा के प्रश्न आउँछ, उनलाई पत्तो थिएन । कुनै सहयोगीले हो वा कर्मचारीले जुक्ति सिकाइदियो, कसैलाई लेख्न लगाउनु र केही हजार रकम हातमा हालिदिनु । काम तमाम् । खोज्दै जाँदा पत्ता लाग्यो, आफ्नै तनहुँका रुद्र दराई ।
दराईलाई काठमाडौँमा बस्न खान गाह्रो परेको थियो । पढनमा तेज दराईलाई उनै भण्डारीले दुई दर्जन केटा पठाएर उठाउन लगाए । सोझो दराईलाई झयाइकुटी पार्दै भण्डारीको अगाडि हाजिर गराइयो । ओई रुद्रे तलाई दश हजार दिन्छु मेरो बिए दोस्रो वर्षको परीक्षा लेखिदिनुपर्यो । पहिले त म बिरामी छु, सक्दिन होला भन्दै दराई तर्कन खोजे । तर पछि भण्डारीले थप पाँच हजार दिने बताए । आजको जनआह्वान साप्ताहिकमा खबर छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी