Skip to content
LAXMI SUNRISE BANK

परीक्षाफल प्रकाशित

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा २०७२ साल माघमा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र सङ्कायतर्फ स्नातकोत्तर तह (एमए) दोस्रो वर्ष (२०७१) को (सोधपत्र बाहेक) राजनीतिशास्त्र र संस्कृति विषयको केन्द्रीय परीक्षा सञ्चालक समितिको निर्णयानुसार परीक्षाको परीक्षाफल प्रकाशित गरिएको छ ।  

त्रिवि सङ्गठन तथा शैक्षिक प्रशासनसम्बन्धी नियम २०५० को परिच्छेद ६६ को २६८ अनुसार परीक्षाको मर्यादा विपरीत कार्य गरेकाले १४०१६७ क्रमाङ्कका परीक्षार्थीलाई त्रिविबाट सञ्चालन हुने कुनै पनि परीक्षामा सम्मिलित हुन नपाउने गरी २०७२ सालको परीक्षासम्म दुई वर्षका लागि निष्काशन गरिएको छ । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK