×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जनस्वास्थ्यमाथि खेलबाड, सामान्य मापदण्ड पनि पूरा गर्दैनन् दुध उत्पादन कम्पनी, फोहोरमै प्रसोधन हुन्छ दुध

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

जनस्वास्थ्यमाथि खेलबाड, सामान्य मापदण्ड पनि पूरा गर्दैनन् दुध उत्पादन कम्पनी, फोहोरमै प्रसोधन हुन्छ दुध

Artha Sarokar

२० श्रावण २०७३, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । आपूर्ति विभागको टोलीले राजधानीका विभिन्न मासु काट्ने बधशाला गएगुज्रेको अवस्थामा रहेको तथ्य फेला पारेको धेरै भएको छैन । गणेशमान पुन आपूर्ति मन्त्री रहादै गरिएको अनुगमनमा विभिन्न बधशालाको स्थिति दयनीय पाइएको थियो भने केहीमा त किराहरू कुदिरहेको भेटिएको थियो । अहिले सरकारले त्यस्ता मापदण्ड नै पूरा नगर्ने बधशालाहरूलाई कारबाही प्रक्रिया अगाडि बढाइरहेको छ । यस्तोमा दूध उत्पादन कम्पनीमा पनि विभिन्न गडबडी हुने गरेको गुनासो बढ्न थालेको छ ।
दूध उत्पादन तथा प्रशोधन सम्बन्धी विभिन्न कम्पनीहरूमा सरसफाई नहुने गरेको तथा सरसफाई लगायतमा सामान्य किसिमका मापदण्ड पूरा नगर्ने गरेको आरोप लागेको छ । राजधानी तथा राजधानी बाहिर रहेका दर्जनौं त्यस्ता दूध उत्पादन कम्पनीहरूले सफा सुग्गर नै नगरी दूध उत्पादन गरेर बेचिरहेको गुनासो आउन थालेको छ । बधशालामा अनुगमन गरिएसागै दूध उत्पादन कम्पनीहरूमा पनि माग तीव्र बनेर गएको छ ।
सामाजिक सञ्जालहरूमा यतिबेला दूध उत्पादन कम्पनीहरूमा पनि सरसफाई नहुने गरेको तथा मापदण्डविपरीत दूध उत्पादन हुने गरेको भन्दै अनुगमन गरेर मापदण्डबाहिर चलेको भए कारबाही गरिनु पर्ने माग उठेको छ । तर, अहिलेसम्म कुनै पनि दूध उत्पादन कम्पनीमा अनुगमन भने गरिएको छैन । साँघु साप्ताहिकमा खबर छ । साँघु साप्ताहिकमा खबर छ । 
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी