
बैंकमा भएको पैसा नै वेवारिसे ? झट्ट सुन्दा यो कुरा पत्यार लाग्दैन । तर चौधरी समूहको प्रभुत्व रहेको नविल बैंकमा यस्तै फेला परेको छ । त्यहाँ झण्डै १५ करोड हाराहारीको रकम वेवारिसे अवस्थामा रहेको फेला परेको हो।
यसै क्रममा नबिल बैँकले विगत १० वर्षदेखि चल्तीमा नभएका खाता वा दावी नपरेका निक्षेप खाताहरुमा मिति २०७३ असार ३१ गतेसम्म कूल रु १४ करोड १९ लाख २९ हजार ६५१ रुपैया ९० पैसा मौज्दात रहेको सूचना जारी गरेसँगै यो तथ्य प्रकाशमा आएको हो ।
बैँक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०६३ को दफा ८२ (३) अनुसार नेपाल राष्ट्र बैँकले यस्ता खाताहरु बारे सार्वजनिक सूचना दिनुपर्ने नियम बनाएको छ। बैँकले निश्चित अवधिसम्म चल्तीमा नभएका खातालाई डोर्मेन्ट अकाउन्टका रुपमा राख्छ। यस्तो खाताबाट रकम निकाल्न मिल्दैन ।

बैँकले यस्ता खाता र खातावालको सूची पनि निकालेको छ। त्यसमा रहेका ५ हजार नाम चर्चामा छ । ति मध्ये केही परिचित अनुहारहरु यस प्रकार छन:
अधिराजकुमारी प्रेक्षा,काठमाडौँका पूर्व मेयर पिएल सिंह,पियुषबहादुर अमात्य, पूर्वमन्त्री गोविन्दराज जोशी, पद्मरत्न तुलाधर , कुन्द दीक्षितहरु रहेका छन ।
- माइसंसारबाट
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्