
काठमाडौँ – नेपाल वायुसेवा निगमले बोइङ ७५७ लिलाममा राखेको छ । खर्च बढेकोले बोइङ बेच्न राखेको निगमको भनाई छ । एकातिर जहाज पुगेन भनेर जहाज किन्ने प्रक्रिया सुरु भएको छ, अर्कोतिर भएको ठूला जहाज विक्रीमा राखिएको छ । यी दुबै बेच्ने र किन्ने प्रक्रिया निगमका महाप्रवन्धक सुगत रत्न कंसाकारको कमिशनखोरी रणनीति हो ।
राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले नयाँ जहाज खरिद गर्ने प्रक्रिया अघि बढाएसँगै खरिदमा पुनः ठूलो आर्थिक चलखेल सुरु भएको आशंका गरिएको छ ।निगमका महाप्रवन्धक सुगतरत्न कंसाकारले जहाज खरिद प्रक्रिया अनावश्यक चलखेल सुरु गरेपछि यो प्रक्रियामा पुन आर्थिक लेनदेनको थालनी भएको अनुमान गरिएको छ ।
निगमका लागि सरकारले नै नयाँ जहाज खरिदका लागि अनुमति दिइसकेको छ । निगमले अहिले दुई वटा ‘ए ३३०’ एयर बस दरिद गर्ने तयारी अघि बढाएको छ । तर, यो एयर बस खरिदका लागि महाप्रवन्धक कंसाकारले ठूलो चलखेल सुरु गरेको स्रोतको दावी छ । उनले यहि विषयलाई लिएर अघिले बिदेशी बिमान उत्पादक कम्पनीसँग भेटघाट र सम्पर्क समेत बढाएका छन् । उनले विदेशनै पुगेर जहाज उत्पादक कम्पनीका मालिकसँग ‘डिनर मिटिङ’ समेत गरिसकेका छन् । दुई वटा एयर बस खरिद गर्दा मात्रै उनले हरेकवाट १५ देखि २० करोड रुपैयाँसम्म कमाउने धाउन्नामा लागेको स्रोतको भनाई छ ।
महाप्रवन्धक कंसाकारले करिव ४ साता अघि एयर बस खरिदका लागि उत्पादक कम्पनीसँग लण्डन पुगेर गोप्य भेटघाट गरेका हुन् । सामान्यतया जहाज खरिद गर्नेभएपछि जुन मुलुकले जहाज खरिद गर्ने उसले विश्वका उत्पादक कम्पनीलाई त्यही देशमा वोलाएर आफुले ल्याउन चाहेको जहाजका बिषयमा जानकारी दिने÷लिने गरिन्छ । उत्पादक कम्पनीले पनि सोही अनुसार आएर सबै जानकारी दिएपछि खरिद प्रक्रियाका लागि काम सुरु हुने गर्छ ।
सार्वजनिक खरिद ऐन अन्र्तगत रहेर त्यस्तो प्रक्रिया अघि बढाउँदा सरोकारवाला निकायसँग पनि छलफल र प्रक्रियाका बिषयमा जानकारी लिने÷ दिने गरिन्छ । तर, अहिले ति सवै कुरालाई छल्दै कंशाकारले सुटुक्क लण्डन पुगुर कमिसनको ‘डिल’ गरेको खुलेको छ ।
एक कार्यक्रमको अवसरमा लण्डनमा रहेका एयर बस उत्पादक कम्पनीका मालिकसँग उनले गोप्य छलफल गरेका हुन् ।
करिव ४ साता अघि लण्डनमा ‘एयर सो’ कार्यक्रम आयोजना भैरहेको थियो । सोही कार्यक्रममा अचानक निगमका महाप्रवन्धक कंशाकार पुगेका हुन् । कंशाकार लण्डन उडेको खवर निगम अधिकारीले उनी फर्किएपछि मात्र थाहा पाएका थिए । अनिमात्र उनको लण्डन जानुको विषय खोजी भएको थियो ।
‘उनी किन लण्डन गए र को को सँग भेटे र के कुरा भन्ने खोज हुन थाल्यो’, एक अधिकारीले भने, ‘पछि वुझ्दा त लण्डनमा उनले आधादर्जन उत्पादकसँग छुट्टा छुट्टै भेटघाट गरेका रहेछन् ।’ उनले सबैसँग बडावडमा कमिसनको छलफल गरेको निगमको गोप्य स्रोतले जनायो । अर्बौ मुल्य पर्ने ठूला एयर बस खरिद गर्दा आफुले पनि मोटो रकम कमिसन पाउनुपर्ने उनले एयरबसका उत्पादकसँग प्रस्ताव नै राखेको स्रोतले जनाएको छ ।
राष्ट्रिय ध्वजावाहकलाई डुवाउँदै कंशाकार अहिले पनि पुराना र थोत्रा जहाज मर्मतका लागि समेत लाखौ रुपैयाँ खर्च गरिरहेको निगमकै एक उच्च कर्मचारी बताउँछन् । विदेशवाट एक पटक मर्मत गरेर ल्याएको जहाज केही सातामै पुन ग्राउण्डेट भैरहेको र त्यसमा समेत उनकै नेतृत्वमा गुणस्तहिन काम भैरहेको ती कर्मचारीको दावी छ । कंशाकारले नयाँ जहाज खरिद प्रकणमा मात्र नभई बिदेशवाट जहाजका पार्टपुर्जा खरिद गर्दा, मर्मत सम्भार र कर्मचारी नियुक्तीमा समेत ठूलो ‘लाभ’ लिने गरेका छन् । यस्तो अवस्थामा पनि उनलाई किन कारवाही हुदैन भन्ने प्रश्नमा ती अधिकारी भन्छन्– ‘उनले यो लाभ राजनीतिक दलका प्रभावशाली नेता देखि उच्च कर्मचारी सम्म पुर्याउने गर्छन् ।’
कंशाकार यसअघि पनि निगमको महाप्रवन्धक थिए ।उनी जहाज खरिदमा ठूलो अनियमितता र भ्रष्ट्राचार गरेका कारण ४ बर्ष जेल बसेर निस्किएका हुन् । उनलाई जहाज खरिदमा गरेको भ्रष्ट्राचार र अनियमितताका कारण कारवाही भएको थियो । शुशील कोइराला नेतृत्वको सरकारले कंशाकारलाई पुन महाप्रवन्धकमा नियुक्त गरेको हो । उनले निगमलाई जहाजविहीन बनाउने अवस्था समेत निम्त्याएको निगमका कर्मचारी बताउँछन् ।
राजतिलक साप्ताहिकबाट साभार
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्