
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – पाँच महिनाअघि सम्पन्न नेपाली कांग्रेसको १३ औं महाधिबेशनमा भन्दा नेपाल बिद्यार्थी संघको महाधिबेशनमा दोब्बार सुरक्षाकर्मी परिचालन गरिएको छ । राजधानीको भृकृटी मण्डपमा आइतबार देखि सुरु भएको महाधिबेशनमा दुई हजार नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको हो ।
९ बर्षपछी महाधिबेशन
९ बर्षदेखि हुन नसकेको नेपाल बिद्यार्थी संघको महाधिबेशनमा थुप्रै विवादहरु छन् । एकथरी प्रतिनिधि छनोटलाई लिएर असन्तुष्ट हुँदै अनशन बसिरहेका छन् भने एकथरी जसरी पनि अधिबेशन सम्पन्न गर्ने पक्षमा छन् । ६१ जिल्लामा प्रतिनिधि छनोट भएपनि १४ जिल्लामा भने अझै प्रतिनिधिको टुंगो लाग्न सकेको छैन ।
प्रतिनिधी बराबर सुरक्षाकर्मी
थुप्रै विवादकाबीच महाधिबेशन हुन लागेका कारण माउपार्टी नेपाली कांग्रेसको आग्रहमा सरकारले २ हजार सुरक्षाकर्मी परिचालन गरेको हो । महाधिबेशन स्थल भृकुटी मण्डपमा प्रतिनिधी जतिकै सुरक्षाकर्मीको पनि संख्या देखिन्छ । उद्घाटन स्थलदेखि विभिन्न स्थानमा सुरक्षाकर्मीले कडा निगरानी राखिरहेका छन् ।
भाला खुकुरीको इतिहास
नेविसंघको निर्वाचनमा जहिले पनि भाला खुकुरी देखा पर्ने विगतको इतिहासलाई देखेर पनि ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
२ करोड खर्च अनुमान
महाधिबेशनमा आउने प्रतिनिधिको आवास र खानाका लागि ठुलो खर्च हुने प्रवक्ता युपी लामिछानेले बताए । देशभरबाट महाधिबेशनका लागि झण्डै ३ हजार ४ सय प्रतिनिधि राजधानी आएका छन् । महाधिबेशनमा झण्डै २ करोड खर्च हुने अनुमान गरिएको छ । एमाले बिद्यार्थी संगठन अनेरास्ववियूको निर्वाचनमा पनि झण्डै ३ करोड रकम खर्च भएको थियो ।