Skip to content
LAXMI SUNRISE BANK

नेविसंघमा विवादैविवाद

अर्थ सरोकार


काठमाडौं – यतिबेला कांग्रेस सभापति शेरबहादुर देउवा निकै तनाबमा छन् । यसो भनिरहँदा तपाईंलाई लाग्यो होला, मन्त्री छान्न नसकेर होला नि त । तर, कुरो त्यसो होइन, पत्नी आरजुको कचकचले देउवा तनावमा परेका हुन् ।
नौ वर्षपछि कांग्रेस निकट विद्यार्थी संगठन नेविसंघको महाधिवेशनमा जिल्लावासी उर्फ डडेल्धुराका अलोप्रिय नैनसिंह महर सभापतिमा उठेका छन् । आरजुसँगको किटस्थ सम्बन्धका कारण आरजु नैनसिंहलाई जसरी पनि नेविसंघको सभापति बनाउनुपर्छ भनेर लागेपछि उनलाई जसरी पनि जिताउनु परो भनेर देउवासँग थामीनसक्नुको दबाब दिएको खबर छ ।
उत्तर प्रदेशको शैक्षिक प्रमाणपत्रधारी भएको, राजनीतिक चरित्रहिन व्यक्ति रहेको तथा आथिृक लेनदेन मुद्दामा विवादित बनेको भनेर विद्यार्थी तथा संगठनको कार्यकर्ताबाट नै आलोचित महरलाई जसरी पनि चेप्नुपर्ने बमध्यताले देउवा अफ्ठ्यारोमा परेका छन् । -साँघु साप्ताहिक
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK