×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल प्रहरीकै हालत यस्तो, विवादका बीच कालोसूचीको कम्पनीलाई एपिसी ठेक्का !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

नेपाल प्रहरीकै हालत यस्तो, विवादका बीच कालोसूचीको कम्पनीलाई एपिसी ठेक्का !

Artha Sarokar

७ भाद्र २०७३, मंगलवार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

काठमाडौं । नेपाल प्रहरीले लामो समयदेखि रोकी राखेको आम्र्ड पर्सोनल क्यारियर (एपिसी ) खरिद हुने भएको छ । विवादबीच पनि खरिद गर्नुपर्ने बाध्यता भएपछि सो विषय अगाडि बढाउन गृहमन्त्रमलयसँग प्रहरी प्रधानकार्यालयले अनुमति मागेको छ ।
एफपियू मिसन छनोट प्रक्रियाका लागि युएनको पिस किपिङ अप्रेसन डिपार्टमेन्ट अफ फिल्ड सपोर्टको टोली सन् २०१६ सेप्टेम्बरमा एसेस्मेन्ट एन्ड एड्भाइजरी भिजिटका लागि आउने भएपछि तयारी अवस्थामा रहन एपिसी खरिद गर्नुपर्ने भन्दै प्रहरी मुख्यालयले गृहमन्त्रालयसँग प्रारम्भिक स्वीकृति मागेको प्रधानकार्यालय स्रोतले जनाएको छ । 
प्रहरी कल्याणकारी कोषमार्फत खरिद गर्ने भएकाले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लव विष्टले त्यसको प्रक्रियाअघि बढाइसकेका छन् । युएनको टोली आउँदा कुल सामग्रीको एकतिहाइ तयारी अवस्थामा राख्नुपर्ने हुन्छ । ‘नेपाल प्रहरीसँग उपलब्ध नभएका सामान खरिद गर्नुपर्ने भएकाले सुरक्षा सामरिक वा प्रतिरक्षा सामग्री आपूर्ति गर्ने कार्यविधि २०६४ को दफा ३ (ख) तथा दफा ४(२) बमोजिम एपिसी ह्विल्ड इन्फ्यान्ट्री क्यारियर अर्नमेड (क्लास) खरिद स्वीकृतिका लागि अनुरोध गरिएको छ’, मुख्यालयले गृहलाई पठाएको पत्रमा उल्लेख छ । मुख्यालयले डेढ साताअघि मात्रै चारवटा एपिसी खरिद गरेको थियो । चीनबाट सिधै सुडानमा लैजाने भन्दै लोकल एजेन्ट डाइनेस्टीका उमेश श्रेष्ठ तथा हरि श्रेष्ठमार्फत सिंगापुरको साप सर्भिस कम्पनीबाट एपिसी खरिद गरिएको हो । 
साउथ सुडान र सुडानको डार्फरमा नेपाल प्रहरीको फर्म पुलिस युनिट (एफपियू) खटिँदै आएको छ । एसएसपी विष्टकै मिलेमतोमा यसअघि खरिद गरिएका एपिसी श्रेष्ठ दाजुभाइले सञ्चालन गर्दै आएको डाइनेस्टी कम्पनीलाई दिइएको थियो । अहिले खरिद गर्न लागिएको पनि उनै दाजुभाइ कम्पनीले ठेक्का पाउने निश्चित जस्तै भएको स्रोतले जनाएको छ । अहिले एफपियु, इन्डिभिजुअल र प्रोफेसनल गरी तीनवटा विधामा नेपाल प्रहरीका ३ सय ७५ जना विभिन्न द्वन्द्वग्रस्त मुलुकमा खटिँदै आएका छन् । 
‘युएनको टोली निरीक्षणका लागि सेप्टेम्बरमा आउने भएपछि प्रहरीले पनि मिसनमा जाने तयारी सामान जुटाउनुपर्ने भएकाले कल्याण शाखाले एपिसी खरिदका लागि हतार हतार प्रारम्भिक अनुमति मागेको हुनुपर्छ,’ प्रधानकार्यालय स्रोतले भन्यो । सुरक्षा सामग्री समारिक खरिदका लागि सिंगापुरमा रहेको साप कम्पनी सूचीकृत रहेको छ भने त्यसको लोकल एजेन्ट सानेपा ठेगना उल्लेख गरिएको डाइनेस्टी ट्रेडर्स रहेको छ । 
सो कम्पनी यसअघि नेपाल प्रहरीको कालोसूचीमा रहेको थियो । प्रहरीको प्रबन्ध शाखाले समयमै सामान उपलब्ध नगराएको भन्दै कालो सूचीमा राखेको थियो । तर, एसएसपी विष्टले त्यही कम्पनीलाई चारवटा एपिसीको लोकल एजेन्ट बनाई खरिद गर्न लगाए । सो कम्पनीले कोरिया र चीनबाट रबरको गोली टियर ग्यास तथा अन्य पार्टपुर्जा खरिद गर्ने ठेक्का पाएको थियो । 
हालै प्रहरीले खरिद गरेका चारवटा एसिसीको मूल्य झन्डै १६ करोड रूपैयाँ परेको थियो । गृहले स्वीकृति दिनेबित्तिकै प्रहरी मुख्यालयले अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गर्ने तयारी गरेको छ । सुडानमै एपिसी प्रकरणमा भ्रष्टाचार गरेको अभियोगमा पूर्वआइजी रमेशचन्द ठकुरी, ओमविक्रम राणा, हेमबहादुर गुरूङलगायत प्रहरी अधिकृत अहिले विशेष अदालतमा भ्रष्टाचार मुद्दा खेपिरहेका छन् । जनप्रहार साप्ताहिकमा खबर छ । 
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी