×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राष्ट्र बैकमा अनावश्यक कर्मचारी

LAXMI SUNRISE BANK
GLOBAL

राष्ट्र बैकमा अनावश्यक कर्मचारी

२२ श्रावण २०७३, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – आवश्यकता भन्दा कर्मचारी राखेर आर्थिक वोझ गर्नेमा नेपाल राष्ट्र बैक पनि अघि रहेको छ । यहाँ

आवश्यकभन्दा २ सय २५ जना कर्मचारी बढी रहेको नेपाल स्टाफ कलेज जाउलाखेलद्वारा गरिएको एक अध्ययनले देखाएको छ । ‘संगठन तथा व्यवस्थापन सर्वेक्षण’ नाम दिइएको उक्त प्रतिवेदन राष्ट्र बैंकको होमपेज मार्फत गत शुक्रबार सार्वजनिक गरिएको हो । यो राष्ट्र बैंकभित्र मात्र आन्तरिक नेटवर्कले खुल्ने नेटवर्क हो ।
प्रतिवेदनका अनुसार हाल राष्ट्र बैंकमा १ हजार ३ सय ८९ जना कर्मचारी कार्यरत छन् । ती कर्मचारीहरू गभर्नरको कार्यालयसहित १७ वटा विभाग र ७ वटा क्षेत्रीय कार्यालयमा विभाजन गरिएको छ । राष्ट्र बैंकको पुनर्संरचना गरी सञ्चालन गर्दा १ हजार १ सय ६४ जना कर्मचारी मात्र आवश्यक रहेको अध्ययनले देखाएको छ । अर्थात् मुलुकको केन्द्रीय बैंकमा १६ प्रतिशत कर्मचारी घटाउन सकिन्छ ।

‘विभिन्न तहमा गरी २ सय २५ जना कर्मचारी आवश्यकभन्दा धेरै छन्,’ प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनअनुसार अधिकृत तह ९सहायक निर्देशक० मा सबैभन्दा धेरै २ सय ५ जना कर्मचारी बढी छन् । उक्त तहमा ३ सय ७६ कर्मचारी भए पुग्नेमा ५ सय ८१ जना कार्यरत छन् । सोही पदको प्राविधिकतर्फ ४ जना कर्मचारी धेरै रहेको अध्ययनले देखाएको छ ।

यस्तै, उपनिर्देशकमा ४८ जना कर्मचारी बढी छन् । सामान्यतर्फ १ सय ३७ कर्मचारी भए पुग्नेमा १ सय ८५ जना कार्यरत भएको प्रतिवेदनमा उल्लेख छ । यसैगरी, विशिष्ट श्रेणी ९कार्यकारी निर्देशक० मा ३ जना, प्रथम श्रेणी ९निर्देशक ९सामान्य० मा १५ जना, सहायक प्रथम ९प्राविधिक० मा ११ जना, सहायक द्वितीयमा ३८ जना र कार्यालय सहायकमा ५१ जना कर्मचारी अनावश्यक छन् ।

तर, सहायक प्रथम ९सामान्य० तहमा १ सय ५७ जना, प्रथम श्रेणी ९प्राविधिक० मा २ जना र सहायक द्वितीय ९सामान्य० मा १ जना कर्मचारी अपुग भएको अध्ययनले देखाएको छ । सहायक प्रथम तहमा २ सय १० जना कर्मचारी चाहिनेमा ५३ जना मात्र छन् । हाल राष्ट्र बैंकले सहायक निर्देशक र त्यसभन्दा तलका पदमा मात्र कर्मचारी भर्ना गर्दै आएको छ ।-जनाप्रसासन पाक्षिकबाट 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी