
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – गत हप्ता देखि लगातार घटिरहेको बजार परिसूचक नेप्सेले साताको पहिलो दिन आइतबार केहि आशा देखाए पनि कारोबार बन्द हुँदा घटेको छ। नेप्से आज आइतबारको कारोबारमा ३.८८ अंकले ओरालो लागी १७६४.७२ बिन्दुमा पुगेको छ। बिहीबारको कारोबारमा बैंक, हाइड्रोपावर , इन्स्योरेन्स र उत्पादन समुह बाहेक अन्य सूचकहरु बढेका छन् ।
आज १४१ कम्पनीको २१ लाख कित्ता बराबर शेयर खरिद बिक्रिबाट १ अर्ब ५३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। बढी कारोबार हुनेमा बाणिज्य बैंकहरुनै अगाडी रहेका छन। बढी कारोबार हुनेमा नेपाल बंगलादेश बैंक अगाडी रहेको छ। नेपाल बंगलादेश बैंकको मात्र ११ करोड ५३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । अन्य बढी कारोबार हुनेमा नेपाल बैंक , सिद्दार्थ बैंक, एभरेस्ट बैंक, एनएमबी बैंक रहेका छन। आइतबारको कारोबारमा बढी कमाउनेमा माउन्ट मकालु डेभलपमेन्ट बैंक, किसन माइक्रो फाइनान्स वित्तीय संस्था, कन्काई विकास बैंक लिमिटेड, ओमी माइक्रो फाइनान्स वित्तीय संस्था, बरुण हाइड्रोपावर कम्पनीका लगानिकर्ता रहेका छन।
गुमाउनेमा बोटलर्स नेपाल (तराई) लिमिटेड, एनएमबी माइक्रो फाइनान्स वित्तीय संस्था, महिला सहयात्रा माइक्रो फाइनान्स वित्तीय संस्था,सिनर्जी फाइनान्स लिमिटेड, सेती फाइनान्स लिमिटेडकाका लगानिकर्ता रहेका छन। निकै चहलपहल देखिएको बजार अन्तमा घटेर बन्द भएको छ। लगानीकर्ताको नव गठित समुह ‘सेयर लगानीकर्ता संघ’ ले अर्थमन्त्री महरालाई भेटी सेयर बजार र लगानीकर्ताको मर्काको सन्दर्भमा ज्ञापनपत्र बुझाएको थियो । जसले बजारमा सकारात्मक संदेश दिएको छ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्