
- अर्थ सरोकार सम्बाददाता
दोलखा – बेला बेलामा नक्कली नोटबारे त चर्चा चलेकै हो । तर जिम्मेवार बैंकले दिएको नोटको गड्डीमा एकातर्फ छापिदै नछापिएको नोट जनतालाई दिनु भने लापरवाहीको हद नै हो । दोलखाको जिरीमा यस्तै नेपाली रुपयाँ १ हजारको १ थान नोट एकापट्टि नछापिएको भेटिएको छ । मंगलबार दिउँसो जिल्ला अस्पताल दोलखाको ल्याब प्राविधिक विरेन्द्र यादवले पैसा रेमिटेन्स गर्ने क्रममा ङ १९ ७१७४१८ नम्बरको एकापट्टि नछापिए नोट फेला पारेका हुन् ।

ङ १९ ७१७३३८ नम्बर पहिलो नोट रहेको विट्टामा यस्तो नोट रहेको पाईएपछि यादवले आफूसँग एकापट्टि नछापिएको नोट रहेको सार्वजनिक गरेका थिए । यादवले नेपाल बैंक लिमिटेड चरिकोट शाखाबाट २०७३ अशाढ १४ गते आफ्नो तलब भत्ता लिने क्रममा लिंदा उक्त नोट सहित पैसा बुझेको बताएका छन् । नछापिएको पट्टि मधुरो विदेशी नोट जस्तो देखिन्छ । अन्य नोटको तुलनामा हातले छाम्दा केही पातलो रहेको छ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्