
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ– नेपाल आयल निगमले आजबाट लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । आयल निगमका प्रवक्ता मुकुन्द घिमिरेका अनुसार पेट्रोल, मट्टितेल र डिजेलमा समान प्रतिलिटर रु दुई तथा खाना पकाउने एलपी ग्यासमा रु २५ घटाइएको छ ।
समायोजित नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर रु ९७, डिजेल रु ७३, मट्टितेल रु ७३ र खाना पकाउने ग्यास रु एक हजार ३७५ कायम हुनेछ ।
अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा गिरावट आएपछि नेपालमा पनि त्यसको प्रभाव परेको हो ।