Skip to content
LAXMI SUNRISE BANK

प्राणको भीख माग्दा पनि,फोटै खिच्यो पत्रकारले… !

अर्थ सरोकार

  • गजल 

पोहोर पैरो लाग्दा पनि, फोटै खिच्यो पत्रकारले
बचाउ भन्दै डाक्दा पनि,फोटै खिच्यो पत्रकारले
भुईचालोले घरै लड्यो, परिवार सबै पुर्यो
शोकले रोईराख्दा पनि, फोटै खिच्यो पत्रकारले
सबैतिर ऐया आथ्थु, घाइते छन वरीपरी
प्राणको भिख माग्दा पनि,फोटै खिच्यो पत्रकारले
एउटा आँखा चिम्लिएर ,क्यामरालाई तेर्स्याउदै
घाइतेलाइ नाध्दा पनि,फोटै खिच्यो पत्रकारले
जतिरोदन खिच्न सक्यो,उतिमज्जा मिल्छ क्यारे
रन्थनिदै भाग्दा पनि, फोटैखिच्यो पत्रकारले
  • सुदिप पन्त
  • लमजुंग(हाल नागोया,जापान )
(आज विश्व फोटोग्राफी दिवसको अवसरमा यो गजल सम्प्रेषण गरेका हौँ- सम्पादक )
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK