×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्राणको भीख माग्दा पनि,फोटै खिच्यो पत्रकारले… !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

प्राणको भीख माग्दा पनि,फोटै खिच्यो पत्रकारले… !

Artha Sarokar

३ भाद्र २०७३, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • गजल 

पोहोर पैरो लाग्दा पनि, फोटै खिच्यो पत्रकारले
बचाउ भन्दै डाक्दा पनि,फोटै खिच्यो पत्रकारले
भुईचालोले घरै लड्यो, परिवार सबै पुर्यो
शोकले रोईराख्दा पनि, फोटै खिच्यो पत्रकारले
सबैतिर ऐया आथ्थु, घाइते छन वरीपरी
प्राणको भिख माग्दा पनि,फोटै खिच्यो पत्रकारले
एउटा आँखा चिम्लिएर ,क्यामरालाई तेर्स्याउदै
घाइतेलाइ नाध्दा पनि,फोटै खिच्यो पत्रकारले
जतिरोदन खिच्न सक्यो,उतिमज्जा मिल्छ क्यारे
रन्थनिदै भाग्दा पनि, फोटैखिच्यो पत्रकारले
  • सुदिप पन्त
  • लमजुंग(हाल नागोया,जापान )
(आज विश्व फोटोग्राफी दिवसको अवसरमा यो गजल सम्प्रेषण गरेका हौँ- सम्पादक )
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी