×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

फोटोग्राफर आशिषका कुरा, ‘फोटो खिचेर पैसा कमाउँछु भन्ने छैन, सोख हो, मज्जा लाग्छ’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

फोटोग्राफर आशिषका कुरा, ‘फोटो खिचेर पैसा कमाउँछु भन्ने छैन, सोख हो, मज्जा लाग्छ’

Artha Sarokar

३ भाद्र २०७३, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम


  • दिक्षा कट्टेल / अर्थ सरोकार डटकम 
काठमाडौँ – गुल्मीका आशिष आचार्य । फोटोग्राफीमा निकै सोख राख्ने युवाहरु मध्येका एक । कोहि खास गुरु छैन फोटोग्राफीमा तर पनि सिक्दैछु’ भन्छन् उनी ।
‘आफुले खिचेको फोटो हेरें । आफैंलाई राम्रो लाग्यो । त्यसपछि खै के भयो भयो, ‘इन्ट्रेष्ट लाग्यो।’ नयाँ उर्जा मिलेझें भयो । त्यतिकैमा फोटो खिच्न थालियो । ‘क्लोज फोटो खिच्न बढी मन पर्छ ।’ उनले सुनाए ।        
त्रिभुवन विश्वविद्यालयबाट इन्जिनियरिङ  सकेका उनलाई एकाएक कहाँबाट फोटोग्राफीको इक्षा आयो थाहा छैन । ‘मेरो कोहि त्यस्तो गुरु भन्ने छैनन् । आफैंले खिचेको फोटो हेरेपछि मन लाग्यो ।  फोटोग्राफीको औपचारिक कोर्ष पनि लिएको छैन । तर पनि रमाइलो लाग्छ ।’
प्रकृतिप्रेमी आशिष प्रकृतिका झंकारहरुलाई क्यामराको फ्रेममा मिलाउन सिपालु छन् । ‘आइ लव नेचर ।’  अर्थ सरोकार डटकमसँगको कुराकानीमा गर्दै उनी भन्छन्, ‘ केहि फरक गर्न मन लाग्छ । अहिलेपनि प्रयास गर्दैछु । 
‘फोटो खिचेर गरेको पहिलो कमाइ याद छ ?’ अर्थ सरोकारकर्मीको उत्तर दिंदै उनी भन्छन्, ‘अहिलेसम्म फोटो खिचेर एक रुपैयाँ पनि कमाएको छैन । तर सोख हो । आत्मसन्तुष्टिको लागि फोटो खिच्छु।’
फोटोग्राफिमा धेरै सिक्न मन गर्ने आचार्य भन्छन्, ‘ मैले जे जानेको छु त्यो नै सबै होइन।  सिक्न धेरै बाँकी छ । फोटोग्राफी गरेर कमाउँछु भन्ने छैन ।  यो मेरो ‘पेसन’ हो र फोटोग्राफीलाई यहि रुपमा अगाडी बढाउँछु ।
फोटोग्राफीमा खासै सुनिएको नाम होइन उनको । सुनिनु पनि खासै छैन । किनकी आफ्नो मनलाइ सितलता दिन फोटो खिच्छु जस्तो लाग्छ उनलाई ।
काठमाडौँ बानेश्वरमा बस्ने उनी यसै रुमलिएका बेला आफ्नो मोबाइल तेर्स्याउँछन् । यस्तो पनि अनुभव छ उनलाई कि उनी बाइकमा हुइकिदा पनि कतै राम्रो दृश्य देखिपछी फोटो खिच्छन् । फोटोग्राफीको सोख भएकाहरुसँग मित्रता बढाउन मन पराउने आचार्य फोटोग्राफीमा खुब मज्जा आउने बताउँछन् ।
‘पैसाका लागि होइन मनको सन्तुष्टिका लागि फोटोग्राफी गर्नेहरु धेरै छन् । म पनि त्यहि मध्येको एक हुँ। ‘ कुराकानीको अन्त्यमा उनले भने, ‘सायद फोटोग्राफी दिवसको खास त्यस्तो अर्थ लाग्दैन।  हामी सिक्नेहरुका लागि।  हाम्रा लागि हरेक क्लिक फोटोग्राफी डे झैं बन्छन् ।        

हेरौं उनले खिचेका केहि तस्विरहरु :

  

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी